यसै सार्थक होला जस्तो लाग्दैन केही गरौँ भन्ने लागिरहन्छ, लागिरहन्छ। जीवन यन्त्र नियमित बनाउन बाटो खोज्दै जाँदा यो बाटो रोजेको हुँ। दैनिक जीवन नै कार्यालय जान र त्यही काममा नै व्यतित हुनेबेलामा। बिहान उठ्ने कार्यालय जाने, कार्यालयबाट घर फर्किने । दिनभरी अफिसको तनाव लिनु । घरमा फर्किएपछि पनि त्यसैको गृहकार्यको चिन्ता लिनुपर्ने कार्यालयको कामकै कारण परिवारलाई समय दिन नसक्नु । कार्यालय जान र त्यहाँको काम गर्नकै लागि जीवन जिउने गरेको हुँ जस्तो लाग्न थाल्यो, जसले तनाव मात्र दिन्छ जस्तो लाग्यो । यहि तनाव हटाउने मेसो मैले खोजे र पाइएन अन्तमा मैले अनलाइन गजल रस जन्माए ।
कार्यक्रम चलाउन त लागियो तर साथ दिने भन्दा खुट्टा तान्ने धेरै भेटिए, कति समय त उदेक पनि लाग्यो समयको नाश गरेर, पैसाको नाश गरेर मैले के पाँए सोच्न बाध्य भँए म यतिसम्म पुगेकी अब कार्यक्रमबाट बाहिर जान्छु कार्यक्रम बन्द गर्छु यो ८औँ शृङ्खलामा सोचेको थिए, पछि गजलकार सिद्धनारायण आचार्य, दिर्गराज गिरि, भरत प्रमोद दाहाल, कृष्ण बिरही, पुनम धमला र बाबू त्रिपाठीले गजल रस बन्द हुनुहुन्न हामी छौ र मेरो अर्को मनले सोच्यो कि आफैले जन्माएको छोरालाइ मार्ने तिमी पापी हौ । त्यत्ती नै बेला लोकेश जलन जि सँग नि कुरा भयो उहाँले पनि गजलको लागि केही गर्नुपर्छ अब तपाईले नगरे नेपाली गजल टुहुरो हुन्छ भन्ने कुरा गर्नुभयो । त्यसपछी लागे अब म कार्यक्रम कुनै पनि हालतमा बन्द गर्दिन।
त्यतिबेला देखि नै मैले कार्यक्रम र नेपाली गजल बाहेक अरु केही सोच्न सकिन । बिस्तारै कार्यक्रम राम्रो हुदै गयो, नेपाली गजलको सबैभन्दा ठूलो मञ्च बनेर खडा भयो अनलाइनमै भएपनी । दुनियाँसँगको अपेक्षा गर्न छोडे, म कार्यक्रममै लिप्त भए, निकै ब्यस्त भएपछी ३५ औं शृङ्खला ल्याएर कार्यक्रमलाई विश्राम राखे अनि मनभरी सोच्न थाले मञ्च कार्यक्रमबारे नेपाली गजलका नेपाली खम्बालाइ सुर्खेतमा उभ्याउने एकल निर्णय गरे अहिलेसम्म कसैको सहयोग छैन, सहयोग गर्नेलाइ खुल्ला छोडेर कार्यक्रमको सबै तयारी पनि सके ।
अनि भन्नै बिर्सेको एउटा कुरा सल्यानका साथिहरुबाट नेपाली गजलका लागि केही गरौ भन्ने सिकेको हुँ । सल्यानका साथिहरुले मलाई अनलाइन कार्यक्रम चलाउन खुब उर्जा दिनुभएको हो ।
सबैमा सम्झना
प्रकाशित मिति २४ मंसिर २०७७, बुधबार २०:२१