अनलाइनमा ३५ औँ शृङ्खला सम्म संचालन गरेर विश्राम लिएको गजल रस कार्यक्रमले मंचमा कार्यक्रम गर्ने भएको छ । युवा गजलकार, शिक्षक तथा पत्रकार हरिश जोशी संयोजक रहेको उक्त कार्यक्रमको ब्यानर हिजोमात्र सार्बजनिक गरिएको छ ।
संयोजक हरिश जोशीले फेसबुकमा पोस्ट सार्बजनिक गर्दै लेख्नुभएको छ, सोचहरु बेलाबेलामा परिवर्तन भैरहन्छन केही नयाँ गरौं, केही पृथक गरौं भन्ने लाग्छ अरुले गरेकै जस्तो पनि कति गर्ने जस्तो लाग्छ अनि बदलिन्छ कार्यक्रमको योजना । त्यही बदलिएको योजनाले हामीले सुर्खेतमा गजल रस कार्यक्रम गर्दैछौ । पहिलो श्रृङखलामा हामीसँग हुनुहुन्छ गजलकारहरु बाबु त्रिपाठी, कृष्ण बिरहि र लोकेश जलन ।
नेपाली गजलमा चर्चित यी गजलकारहरुसँग परिचय नभएका प्राय छैनन, होटल भ्याली भ्युमा हुने उक्त कार्यक्रम मंसिर २७ गते शनिबार दिनको २ बजेदेखि सुरु हुनेछ । गजल रसले आफ्नो प्रहिलो मञ्चकार्यक्रम सुर्खेतमा गर्ने भएपछी सुर्खेत भाग्यमानी कहलिएको छ ।
प्रकाशित मिति २४ मंसिर २०७७, बुधबार ०७:०१