गजल
आफ्नै ढुकढुकीले छोड्छ कतिबेला भर छैन
म आफै सँग हारसके दुनियाँ जित्ने रहर छैन
म शब्दहरू सँग एसरी खेलीरहेको हुन्छु की,
मेरा शब्दहरू सँग छुटेको कुनै अक्षर छैन
हाँगो रूखबाट छुट्यो पात हाँगा बाट छुट्यो,
अब रूख जरा बाट छुट्ला...
गजल
आफ्नै ढुकढुकीले छोड्छ कतिबेला भर छैन
म आफै सँग हारसके दुनियाँ जित्ने रहर छैन
म शब्दहरू सँग एसरी खेलीरहेको हुन्छु की,
मेरा शब्दहरू सँग छुटेको कुनै अक्षर छैन
हाँगो रूखबाट छुट्यो पात हाँगा बाट छुट्यो,
अब रूख जरा बाट छुट्ला कुनै डर छैन
तिमी तौलीरहन्छौ घरीघरी जोखिरहन्छौ,
थाहा हुँदाहुँदै हेर हाम्रो स्तर बराबर छैन
मेरा आँखामा पानी नै पानी थियो बगिरह्यो,
त्यसैले त तिम्रो ओठमा सुख्खा बगर छैन।