कलमको आवाज युद्ध वृहत् अनलाइन गजल महफिलमा आज प्रकाशित तीन गजहरू

कलमको आवाज युद्ध वृहत् अनलाइन गजल महफिलमा आज प्रकाशित तीन गजहरू

प्रकाश कुमार गिरी

@Mayur Times

२०७७ मङ्सिर २० गते शनिवार ०७:०७

१) गजल पैसा खाइ निर्दोष साबित गर्दियो त्यो ठानाले पनि पुर्ण विराम पायो बलात्कारि छोरीको कथाले पनि एक कट्ठा जग्गा हुनेले संधै मासुभात खान्छ साझमा दस बिघा जमिन जोतेर आफ्नो पेट भर्दैन बाले पनि संधै भेटमा चकलेट दिने दाइबाट इज्जत...

१) गजल
पैसा खाइ निर्दोष साबित गर्दियो त्यो ठानाले पनि
पुर्ण विराम पायो बलात्कारि छोरीको कथाले पनि

एक कट्ठा जग्गा हुनेले संधै मासुभात खान्छ साझमा
दस बिघा जमिन जोतेर आफ्नो पेट भर्दैन बाले पनि

संधै भेटमा चकलेट दिने दाइबाट इज्जत लुटियो
कहिलेकाही इज्जत जोगाउदो रहिन्छ नाताले पनि

एकफेर फर्की सडकको पेटिमा हेरिदे मेरो सरकार
बिचरा मर्ने बेला आमा भन्न पाउदैनन् टुहुराले पनि

दिलमा राख्नेले घरमा परिवर्तन बनाएर आउनु बुझ
दैलोमा टेके सुनपानी छर्किन्छिन तिम्री आमाले पनि
समिर संगम महतारा
रुकुम पश्चिम

२) गजल
भन्छन् नयाँ नेपाल दुर्गमका गाउँ उस्तै छन्
अझै हेर्नुस दोन्द पिडितका घाउ उस्तै छन्

पञ्चायत फालिम राजतन्त्र पनि फालिम
सत्ता लिप्सामै सिमित तिम्रा दाउ उस्तै छन्

घरघरमा ग्यांस पाइप हावाबाट बिद्युत भन्थे
दुर्गममा बिद्युतहिन अन्धकार ठाउँ उस्तै छन्

गरिब हुदैन्न अब सबै सम्पन्न हुन्छन् भन्थे
राणा जस्तै निरङ्कुस हाउभाउ उस्तै छन्

श्री पाँच हटे पनि अझै सन्तोष कहाँ छ
हेर्नुस अझै श्री तिन, चार नाउँ उस्तै छन्

कमल जियम अट्र्याक्सन
माडी १ जबाङ रोल्पा

३) गजल
अदालत आफैंमा यसरी जुहारी भएको हो
योनी कानुनले लिंग बलात्कारी भएको हो

माक्स,लेनिन, माओको अष्पष्ट सिदान्तले
बुद्वको चेलो पनि हतियारधारी भएको हो

उ बौद्धिक छ औपचारिक शिक्षा नगरे पनि
र त शीर उसकै पैतालालाई भारी भएको हो

संघियता देशमा पहिल्यै अाएको हुनुपर्छ
त्यसैले टिष्टा,काँगडा नेपाल पारी भएको हो

कृषि प्रधान मुलुकको संक्षिप्तमा बयान गर्दा
खोरिया,जङ्गल र खेत चाहिँ बारी भएको हो

साहुको ऋण लिएर उ अख्तियारमा प्रवेश छ
सोच्नुस् अब कहाँबाट भ्रष्टाचारी भएको हो ?
हेमन्त खड्का
खोटाङ
हाल सिंहदरबार काठमाडौं

प्रकाशित मिति २० मंसिर २०७७, शनिबार ०७:०७
प्रतिक्रियाहरू
गजलकार निम्बाका दुई गजल

गजलकार निम्बाका दुई गजल
२०७७ माघ ८ गते बिहिबार ०६:४४

स्मृतिमा कर्णाली गजल उत्सव

स्मृतिमा कर्णाली गजल उत्सव
२०७७ माघ ८ गते बिहिबार ०३:२१

गजलमा भोक बोल्ने गजलकार कुन्दन

गजलमा भोक बोल्ने गजलकार कुन्दन
२०७७ माघ ६ गते मङ्गलबार ११:११

चुनौंतीको गर्भमा लुकेको अवसर।

चुनौंतीको गर्भमा लुकेको अवसर।
२०७७ माघ ४ गते अाईतबार ०३:०८