मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक, प्राेफाइलमा युवतीकाे तस्वीर

मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक, प्राेफाइलमा युवतीकाे तस्वीर

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर १९ गते शुक्रबार ०३:०२

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको आधिकारिक फेसबुकपेज ह्याक भएको छ । पेज शुक्रबार बिहान ह्याक भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले बताए। मिश्रका अनुसार ह्याक कहाँबाट कसले गर्‍यो भनेर अनुसन्धान थालिएको छ । उनले...

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको आधिकारिक फेसबुकपेज ह्याक भएको छ । पेज शुक्रबार बिहान ह्याक भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले बताए।

मिश्रका अनुसार ह्याक कहाँबाट कसले गर्‍यो भनेर अनुसन्धान थालिएको छ । उनले मुख्यमन्त्रीको फेसबुकपेज ह्याक भएकाले अन्यथा कुराहरु पोष्ट हुन सक्ने भन्दै क्षमायाचना समेत गरेका छन् ।

अहिले मुख्यमन्त्रीको फेसबुक पेज इकमर्स पेजका रूपमा परिवर्तन भएको छ। पेजमा चिनियाँ भाषाको स्वास्थ्य वेबपोर्टल ntmrulr.cn लाई जोडिएको छ भने उक्त् वेवसाइटका सामग्रीहरु पनि सेयर गरिएको छ पेजको प्रोफाइल र कभर फोटो पनि फेरिएको छ।

प्रकाशित मिति १९ मंसिर २०७७, शुक्रबार १५:०२
प्रतिक्रियाहरू