घट्याे सुनकाे भाउ, हेर्नुहोस् आजको छापावाला सुनको मूल्य

घट्याे सुनकाे भाउ, हेर्नुहोस् आजको छापावाला सुनको मूल्य

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर १९ गते शुक्रबार ०६:३८

बिहीबारको तुलनामा शुक्रबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैंयाँले सस्तो भएकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार अघिल्लो दिन प्रति तोला ५४ हजार ५ सयमा कारोबार भएको सुनको आजको भाउ ५४ हजार ३ सय रुपैंयाँ कायम भएको...

बिहीबारको तुलनामा शुक्रबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैंयाँले सस्तो भएकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार अघिल्लो दिन प्रति तोला ५४ हजार ५ सयमा कारोबार भएको सुनको आजको भाउ ५४ हजार ३ सय रुपैंयाँ कायम भएको छ। यो फाइन सुनको मूल्य हो।

यसबाहेक तेजाबी सुनमा पनि सोही मूल्य बराबरको गिरावट आएको छ। तेजाबी सुनको आजको दर ५४ हजार रुपैंयाँ रहेको छ।

त्यस्तै अघिल्लो दिनको तुलनामा चाँदी समेत ५ रपैंयाँ घटेको छ। प्रति तोला चाँदीको आजको भाउ ७ सय १५ रुपैंयाँ निर्धारण गरिएको छ।

प्रकाशित मिति १९ मंसिर २०७७, शुक्रबार ०६:३८
प्रतिक्रियाहरू