डिम्याट खाता के हो त ? हेर्नुहाेस – भिडियाे सहित

डिम्याट खाता के हो त ? हेर्नुहाेस – भिडियाे सहित

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर १८ गते बिहिबार ०६:५७

के हो सेयर लगानी ? काठमाडौं । डिम्याट खाता पनि बैंक खाता जस्तै हो । यस्तो खाता खोल्न धितोपत्र बोर्डबाट निक्षेप सदस्यता (डिपोजिटरी पाटिसिपेन्ट अर्थात् डीपी) सेवाका लागि अनुमति पाएका कम्पनीमा गएर यस्तो खाता खोल्न सकिन्छ । हाल धितोपत्र...

के हो सेयर लगानी ?
काठमाडौं । डिम्याट खाता पनि बैंक खाता जस्तै हो । यस्तो खाता खोल्न धितोपत्र बोर्डबाट निक्षेप सदस्यता (डिपोजिटरी पाटिसिपेन्ट अर्थात् डीपी) सेवाका लागि अनुमति पाएका कम्पनीमा गएर यस्तो खाता खोल्न सकिन्छ ।

हाल धितोपत्र ददाल, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंकर, हस्तान्तरण प्रतिनिधिलगायत संघसंस्थाले बोर्डबाट अनुमति लिएर यस्तो सेवा सञ्चालन गरेका छन् । आफूलाई पायकपर्ने कुनै कम्पनीमा गएर ‘डिम्याट’ खाता खोल्नुपर्छ। यसका लागि नागरिकताको फोटोकपी र दुईप्रति पासपोर्ट साइजको फोटो चाहिन्छ ।

पहिले खरिद गरेको सेयर भौतिक (कागजी) प्रमाणपत्रका रूपमा पाइन्थ्यो । त्यो व्यवस्था हटेकाले अहिले विद्युतीयरूपमा डिम्याट खातामा जम्मा हुन्छ । डिम्याट खाता खोल्दा कम्पनीले बैंकको जस्तै चेकबुक दिन्छ । सेयर बिक्री गर्दा चेक काटेर दिनुपर्छ । खरिद गरेको अवस्थामा उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा हुन्छ ।

यसकारण अहिले सबै प्रकारका सेयर कारोबारका लागि डिम्याट खाता अनिवार्य गरिएको हो । डिम्याट सेयरको मात्र कारोबार सुरु भएपछि कागजी सेयर पनि डिम्याट गर्नुपर्छ । त्यसका लागि आफूसँग भएको सेयर डिम्याट खाता खोलेको कम्पनी वा सम्बन्धित बिक्री प्रबन्धक डिम्याट गराउनुपर्छ ।

त्यसपछि मात्र कारोबारका लागि योग्य हुन्छन् । सेयरमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाबाट ऋण सुविधा पनि पाइन्छ । हाल बैंक तथा वित्तीय संस्थाले सेयर धितो राखेर र ब्रोकरको जमानीमा (सेयर धितो नराखी) गरी दुई प्रकारले ऋण दिँदै आएका छन् ।

सेयर धितो राखेर पाइने ऋणका लागि लगानीकर्ताले सेयर प्रमाणपत्र (हाल डिम्याट खातामा सेयर रहेको प्रमाणित कागजात) धितो राख्नुपर्छ । बैंक तथा वित्तीय संस्थाले सेयर खरिदका लागि प्रवाह गर्ने ऋणमा एकै प्रकारको ब्याजदर पाइँदैन । नियमितरूपमा बैंकिङ कारोबार गरिरहेका, नियमित आम्दानीको स्रोत भएका, राम्रा (ब्लु चिप) कम्पनीका सेयर भएका लगानीकर्ताले केही सस्तो ब्याजदरमा ऋण पाउँछन् ।

अन्य लगानीकर्ताले भने केही महँगो ब्याज तिर्नुपर्छ । सेयरमा लगानीका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा नागरिकताको फोटोकपी, धितोमा राख्ने सेयर, डीपी कम्पनीमार्फत डिम्याट खातामा सेयर रहेको प्रमाणीकरणलगायत बैंकले माग्ने कागजात चाहिन्छ ।

नेपाली सेयर बजारमा गत वर्षदेखि अभौतिक सेयर (डिम्याट अर्थात् कागजी रूपमा रहेको सेयर विद्युतीय माध्यममा परिणत गर्ने प्रक्रिया) को कारोबार हुँदै आएको छ । भौतिक (कागजी) सेयरको कारोबार गर्दा हुने विभिन्न झन्झट न्यूनीकरण गरी सेयर बजारलाई व्यवस्थित, पारदर्शी, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले डिम्याट सेयर मात्र कारोबार सुरु गरिएको हो ।

यो व्यवस्था लागू भएपछि प्राथमिक निष्कासनमा परेको सेयर डिम्याट रूपमै पाइन्छ । तपाईंलाई परेको सेयर तपाईंको डिम्याट खातामा सीधै जम्मा हुन्छ । यसकारण सेयर फारम भर्दा डिम्याट खाता अनिवार्य चाहिन्छ । सेयरमा लगानी गर्ने हो भने यस्तो खाता खोलिराख्दा हुन्छ ।

भिडियाे हेर्नस्

प्रकाशित मिति १८ मंसिर २०७७, बिहीबार १८:५७
प्रतिक्रियाहरू