राजेश हमाल र दुर्गेश थापा देखिए एउटै म्युजिक भिडियोमा -भिडियाे सहित

राजेश हमाल र दुर्गेश थापा देखिए एउटै म्युजिक भिडियोमा -भिडियाे सहित

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर १८ गते बिहिबार ०६:४०

विवादमा तानिइरहने गायक तथा मोडल दुर्गेश थापा र महानायक राजेश हमालको “सल्लैको धूप राम्रो” बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । लकडाउन यता राजेशको उपस्थिति म्युजिक भिडियोमा बाक्लिदो छ । केही समयअघि आफुले खेल्ने एक भिडियोमा राजेशले...

विवादमा तानिइरहने गायक तथा मोडल दुर्गेश थापा र महानायक राजेश हमालको “सल्लैको धूप राम्रो” बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । लकडाउन यता राजेशको उपस्थिति म्युजिक भिडियोमा बाक्लिदो छ । केही समयअघि आफुले खेल्ने एक भिडियोमा राजेशले विवादमा नपरेको नायिका छानेको भन्ने खबर सार्बजनिक भएको थियो । तर, यतिबेला भने बारम्बार विवादको झमेलामा परिरहने दुर्गेशसंग ठुले दाइ र साने दाइ भन्दै अभिनय गरेका छन्।

बिष्णु माझी र आरसि सापकोटाको स्वरमा रहेको सल्लैको धुपै राम्रो बोलको गीतमा यी २ एकसाथ देखिएका छन् भने संगै टिकटकर तथा मोडल गरिमा शर्मा र शिक्षा संग्रौला पनि यो गीतको भिडियोमा फिचर्ड छन् । पार्क भिलेज रिसोर्टमा तामझाम सहित छायांकन गरिएको भिडियोको गीतमा रमेश परियारको शब्द संगीत रहेको छ । हेर्नुस भिडियो :

प्रकाशित मिति १८ मंसिर २०७७, बिहीबार १८:४०
प्रतिक्रियाहरू