अभिनेता सन्नी देओललाई देखियो कोरोना

अभिनेता सन्नी देओललाई देखियो कोरोना

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर १८ गते बिहिबार ०६:२८

चर्चित बलिउड अभिनेता सन्नी देओललाई कोरोना भाइरसको संक्रमण देखिएको छ । देओलले सामाजिक संजालमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन् । परिवार सहित केही अगाडि मनालीमा रहेका सन्नी कोरोना टेष्ट गराउंदा संक्रमित पुष्टि...

चर्चित बलिउड अभिनेता सन्नी देओललाई कोरोना भाइरसको संक्रमण देखिएको छ । देओलले सामाजिक संजालमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन् ।

परिवार सहित केही अगाडि मनालीमा रहेका सन्नी कोरोना टेष्ट गराउंदा संक्रमित पुष्टि भएका हुन् । उनका परिवार भने मनालीबाट फर्किसकेका छन् । उनी पनि भोलि फर्किने तरखरमा थिए । उनी अहिले होम आइसोलेसनमा बसिरहेका छन्। उनको स्वास्थ्यमा कुनै समस्या नरहेको जनाएको छ।

प्रकाशित मिति १८ मंसिर २०७७, बिहीबार १८:२८
प्रतिक्रियाहरू