कलमको आवाज युद्ध वृहत् अनलाइन गजल महफिलमा आज प्रकाशित तीन गजहरू

कलमको आवाज युद्ध वृहत् अनलाइन गजल महफिलमा आज प्रकाशित तीन गजहरू

प्रकाश कुमार गिरी

@Mayur Times

२०७७ मङ्सिर १८ गते बिहिबार ०७:३८

१) गजल मान्छेले मान्छे गन्दैनन् कोही कसैलाई यस्तै छ यहाँको चलन जान्छन् हिड्ने बाटोमा काडा बिछ्याई यस्तै छ यहाँको चलन साझबिहान छाक टार्न नसक्दा दिनरात पाखुरी बजार्दा पनि बस्ने गर्छन् भोको पेट नखाई नखाई यस्तै छ यहाँको चलन लाखौं...

१) गजल
मान्छेले मान्छे गन्दैनन् कोही कसैलाई यस्तै छ यहाँको चलन
जान्छन् हिड्ने बाटोमा काडा बिछ्याई यस्तै छ यहाँको चलन

साझबिहान छाक टार्न नसक्दा दिनरात पाखुरी बजार्दा पनि
बस्ने गर्छन् भोको पेट नखाई नखाई यस्तै छ यहाँको चलन

लाखौं खर्चिरहेछन् ,विलासी जीवन बिताइरहेछन् कोही,
कोही बाचेका छन् मृत्युशैयामा छट्पटाइ यस्तै छ यहाँको चलन

निर्दोशिलाई दोषी ठहर्याएर ल्याउछन् कार्वाहीको दायरामा
दोषी खुलेआम हिड्छन् रमाइ रमाइ यस्तै छ यहाँको चलन

बिग्रेको सम्बन्ध अझै बिगार्छन् बस्नुपर्छ भन्दैनन् मिलिजुली
तमासा देखाउछन् जुधाएर भाइभाइ यस्तै छ यहाँको चलन
दुर्गा बुलबुल श्रेष्ठ
धादिङ

२) गजल
नेता हो!तिमिहरुको यस्तो मति कसरी भयो?
स्वर्गको टुक्रा जस्तो देश दुर्गती कसरी भयो?

कमिसन दलाली र घुसखोरि नगरेको भए
राता रातमा यति धेरै उन्नती कसरी भयो?

कसैले भोकालाई सडकमा खाना खुवाउँदा
हाम्रो राष्ट्रिय ढुकुटीमा क्षति कसरी भयो?

भ्रष्टाचार उन्मुलनको वाचा गरेका थियौ
धन लगेर बाहिर राख्ने जति कसरी भयो?

ए ! देशका कुपुत्र हो! केही त जवाफ देउ
पुस्तौँ पुस्तालाई पुग्ने सम्पत्ति कसरी भयो?

राम शर्मा “सडक”
पर्वत, मोदि गाउँपालिका ६,
तिलाहार ठाना,
हाल = दक्षिण भारत,

३) गजल

बढ्दै छ हत्या हिंसा र बलात्कार, के हेर्दै छ सरकार ।
गरिब जनता माथीको अत्याचार, के हेर्दै छ सरकार ।।

घर घरमा ग्यास पाइप र चुलो, भन्दै जिब्रो पट्कायौं,
एकछाक खान लड्नु पर्छ बारम्बार, के हेर्दै छ सरकार ।।

जसले छोरी चेलीलाई नङ्गाएर, बेच्दै हिड्छ सडकमा,
उसैलाई बनाए छन देशको आधार, के हेर्दै छ सरकार ।।

जसलाई हामी माननीय मन्त्री बनाई, सत्तामा पुर्‍यायौं,
उसैले गर्दैछ भ्रस्टाचार कालोबजार, के हेर्दै छ सरकार ।।

हिजो बन जङ्गल बेचेर लाखौं कमाउने, त्यो देशद्रोही,
बनाई घर सानदार बन्दैछ इमानदार, के हेर्दै छ सरकार ।
शुसान्त क्षेत्री आँसु
रोल्पा

प्रकाशित मिति १८ मंसिर २०७७, बिहीबार ०७:३८
प्रतिक्रियाहरू
चुनौंतीको गर्भमा लुकेको अवसर।

चुनौंतीको गर्भमा लुकेको अवसर।
२०७७ माघ ४ गते अाईतबार ०३:०८

उत्कृष्ट १० गजलकारका १० गजल

उत्कृष्ट १० गजलकारका १० गजल
२०७७ पुस २८ गते मङ्गलबार ०७:४१

यी हुन उत्कृष्ट १० गजलकारहरु

यी हुन उत्कृष्ट १० गजलकारहरु
२०७७ पुस २७ गते सोमबार १२:२५

केही त गर्न नै पर्ने भो

केही त गर्न नै पर्ने भो
२०७७ पुस १९ गते अाईतबार ०७:३७