रमेश प्रसाईँसँग वैवाहिक सम्बन्धमा बाँधिँदै गरेकी नन्दाकाे यस्ताे छ कहालीलाग्दाे विगत

रमेश प्रसाईँसँग वैवाहिक सम्बन्धमा बाँधिँदै गरेकी नन्दाकाे यस्ताे छ कहालीलाग्दाे विगत

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर १८ गते बिहिबार ०७:११

आफ्ना तार्किक अभिव्यक्तिका कारण सामाजिक सञ्जालहरूमा सधैँ चर्चामा रहने रमेश प्रसाईँ वैवाहिक सम्बन्धमा बाँधिँदै छन् । उनले यही मङ्सिर २२ गते अर्की सामाजिक अभियन्ता नन्दा सिंहसँग लगन गाँठो कस्न लागेका हुन् । कालिकोटकी सिंहसँग...

आफ्ना तार्किक अभिव्यक्तिका कारण सामाजिक सञ्जालहरूमा सधैँ चर्चामा रहने रमेश प्रसाईँ वैवाहिक सम्बन्धमा बाँधिँदै छन् । उनले यही मङ्सिर २२ गते अर्की सामाजिक अभियन्ता नन्दा सिंहसँग लगन गाँठो कस्न लागेका हुन् । कालिकोटकी सिंहसँग प्रसाईँको विवाह हुन् लागेको हो । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । २५ वर्षिया नन्दा पनि दृष्टीबिहिन हुन् । स्नातक तह सम्ममा अध्ययन गरेकि नन्दा अहिले सामाजिक कार्यमा सक्रिय छन् ।

अन्तर दृष्टि नेपाल नामक संस्था मार्फत १२ जना अनाथ बालबालिकाकी आमा बनेकी छन् । उनले काठमाडौंको कपनस्थित १२ जना बालबालिकालाई आश्रय दिएकी छन् । यस्तै रमेश प्रसाईँ पनि सामाजिक अभियन्ता हुन् । साथै उनले सामाजिक सञ्जालमा सामाजिक तथा राष्ट्रिय मुद्दामा आफ्ना विचारहरु राख्ने गर्दछन्। पछिल्लो समय भने प्रसाई फरक परिचयका साथ युट्युबमा छाएका छन् । उनी अहिले दोहोरी गायकका रुपमा चर्चामा छन् । रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् ।

पूर्वी नेपालमा एक रेडियो पत्रकारका रुपमा स्थापित भएका दुबै आँखा देख्न नसक्ने युवक रमेश वक्तृत्व क्षमताका कारण नेपालभर परिचित छन् । उनी ‘मोटिभेशनल ट्रेनर’ का रुपमा थुप्रै जिल्लामा समेत पुगिसकेका छन् ।

को हुन् नन्दा सिंह ?

उमेरले २४ वर्षमा मात्रै भएकी कालीकोट डिल्लीकोटका नन्दा सिंह आफैँमा आँखा देख्दिनन् । उनको उमेर हेर्दा आफैँ विश्वविद्यालय पढ्ने अवस्थामा छिन् । शारीरिकरुपमा ठीक भए पनि बाहिरी दृष्टिले उनलाई ठगेको छ । आफैँलाई अरुको सहारा दिनुपर्ने अवस्था छ । तर उनले आफूले ओट निचर्दा दूध आउने उमेरका एक दर्जन बालबालिकालाई साहारा दिएकी छिन्।

बूढानीलकण्ठ नगरपालिका– १३ बालुवाखानीको एक घरको छिडीमा चार वटा कोठा भाडमा लिएर कालीकोटकी सिंहले गरेको काम भने सामान्य मानिसले गर्नेभन्दा ठूलो छ । मनमा साहस छ । आँट छ । जीवनमा केही गरौँ भन्ने सदीक्षा पनि छ । “मैले आँखा नदेखेर के हो भो त रु मलाई प्रकृतिले यस्तै बनायो, म यसैमा खुशी छु”, नन्दाले भनिन्। “अभिभावक नभएका यी कलिला बालबालिकालाई शिक्षा दिक्षा दिनसके भने त्यसले मलाई खुशी दिनेछ, किनकि मैले बाहिरी आँखा नदेखे पनि यी बाबु नानी भविश्यमा ठूला मान्छे भए भने मेरा लागि त्यो नै सबैभन्दा खुशीको विषय हुनेछ”, उनले भनिन्।तीन वर्षको उमेर हुँदासम्म उनले आँखा देख्थिन्

। झाडापखलाले नराम्ररी सतायो । मरी भनेर घरकाले सेतो कपडामा बेरेर नजिकैको जङ्गलमा लगेर गा’ड्न ठिक्क पारेका थिए । राति म चलमलाएपछि यो त ज्यूँदै रहिछ भनेर आफू बाँचेको उनले बताइन् । बाँचे पनि मेरो जीवनमा अन्धकार थपियो । झाडापखला लाग्नुअघि आँखा देख्ने आफू त्यसपछि भने नदेख्ने भए । मेरो बाल्यकाल अन्धकारको रसातलमा भासियो ।

“बाल्यकाल अरु साथी खेलेको देख्दा मलाई पनि खेल्न मन लाग्थ्यो ।अरु साथीसँग मलाई खेल्नसमेत दिइँदैनथ्यो, किनकी मैले जस्तै अरुको पनि आँखा नदेख्ने हुन्छन् भनेर रोकिन्थ्यो, मलाई गा’ली गरिन्थ्यो । मन भित्रभित्रै रुन्थ्यो”, नन्दाले अगाडि भन्दै जानुभयो, “बालककालमा आँखा नदेख्ने अन्धी भनेर हेप्थे । तर मेरो मनमा एउटा आँट पलायो । जीवनमा केही न केही गर्छु भनेर मनलाई दह्रो बनाइन् ।”कर्णाली प्रदेशको कालीकोट । अहिले पनि दुर्गम छ । यातायातको सहज सुविधा छैन । कुनै सुविधा पाउने कुरा परको जस्तै भयो ।

शिक्षा, स्वास्थ्य तथा अन्य भौतिक सुविधाबाट पर पारिएको कालीकोटकी चेलीको आँट साच्चै अदम्य छ । आमा रुखबाट ल’डेर निधन भएका, छाउगोठमा बस्दा स’र्पले ड’सेर म’रेका आमाका बच्चा स्याहार्ने र उनीहरुलाई शिक्षित बनाउने जिम्मा लिनुभएकी नन्दाले आफ्नो दुःख मात्रै फुकाउनु भएन । कलिला बालबालिकाको जीवनमा खुशी ल्याउने जिम्मासमेत लिएकी छिन्।

उनलाई बाल्यकालकै साथी गीता बस्नेतले साथ दिएकी छिन्। बस्नेत भने आँखा देिख्छन् । उमेरले उनी पनि मात्रै २३ वर्षको । यी सखीले बालबालिकाको हेरचाहका लागि ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था खोलेकी छिन्

प्रकाशित मिति १८ मंसिर २०७७, बिहीबार ०७:११
प्रतिक्रियाहरू