हुम्ला पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले नेकपामा पछिल्लो समय देखिएको विवादले नेकपा नफुट्ने बताउनु भएको छ ।
सिमकोट बिकानस्थलकमे अनुगमन तथा निरीक्षणका लागि मंगलबार बिहान सिमकोट पुगेका मन्त्री भट्टराईले २ जना अध्यक्षको विवाद हुदैमा नेकपा पार्टी नफुट्ने कुरा नेकपा हुम्लाका कार्यकर्तासंगको भेटघाटमा बताउनुभयो ।
ठूलो पार्टी भएकाले पार्टि भित्र सानातिना समस्या आउनु स्वभाविक भएपनि अहिलेको यो समस्याकै कारण पार्टी कुनै पनि हालतमा फुट्दैन बरु पार्टि भित्र आएको अहिलेको समस्या चाँडै टुङ्गिने र अहिले दुई अध्यक्षबीच सचिवालय बैठकमा देखिएको समस्यालाई सचिवालय र केन्द्रीय समितिले हल गर्ने उहाँले बताउनुभयो ।
सोही कार्यक्रममा हुम्लाको बस्तुस्थितिका बारेमा प्रमुख जिल्ला अधिकारी चिरन्जीबी गिरीले जानकारी गराएका थिए । भने हुम्ला जिल्लामा भएका र भोगेका समस्याका बारे जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद छक्कबहादुर लामाले मन्त्री भट्टराईलाई जानकारी गराउनुभएको थियो।
news 24
प्रकाशित मिति १७ मंसिर २०७७, बुधबार ०७:५६