९५ प्रतिशत प्रभावकारी खोप : युरोपमा आपतकालीन प्रयोगमा ल्याउन फाइजरद्वारा आवेदन

९५ प्रतिशत प्रभावकारी खोप : युरोपमा आपतकालीन प्रयोगमा ल्याउन फाइजरद्वारा आवेदन

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर १६ गते मङ्गलबार ०७:४८

अमेरिकी कम्पनी फाइजर र जर्मन खोप निर्माता बायोएनटेकले कोरोनाविरुद्धको खोप अमेरिका र बेलायतपछि युरोपेमा आपतकालीन प्रयोगका लागि आवेदन दिएको छ ।कम्पनीहरुले मंगलबार युरोपमा आफ्नो खोपको आपतकालीन प्रयोगका लागि आवेदन दिएको जनाइएको...

अमेरिकी कम्पनी फाइजर र जर्मन खोप निर्माता बायोएनटेकले कोरोनाविरुद्धको खोप अमेरिका र बेलायतपछि युरोपेमा आपतकालीन प्रयोगका लागि आवेदन दिएको छ ।कम्पनीहरुले मंगलबार युरोपमा आफ्नो खोपको आपतकालीन प्रयोगका लागि आवेदन दिएको जनाइएको छ। अमेरिकाले गत नोभेम्बर २० मा उक्त खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको खबर बाहिरिएको थियो ।

अब भने फाइजर र बायोएनटेकको खोप सार्वजनिक प्रयोगका लागि मान्यता पाउने धेरै सम्भावना बढेको छ । कम्पनीहरुले युरोपियन मेडिसिन एजेन्सी (ईएमए) मा आपतकालीन प्रयोगको लागि आवेदन दिएको जनाइएको छ ।

९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको उक्त खोपको युरोपेली नियामकले डिसेम्बरको अन्तिमसम्ममा सार्वजनिक प्रयोगको लागि मान्यता दिने आशा राखिएको छ ।

news 24

प्रकाशित मिति १६ मंसिर २०७७, मंगलवार १९:४८
प्रतिक्रियाहरू