लकडाउन पछि ध्यान दिनुपर्ने कुराहरु

लकडाउन पछि ध्यान दिनुपर्ने कुराहरु

माधव ढकाल

@Mayur Times

२०७७ साउन २५ गते अाईतबार १०:२१

विश्वव्यापी रुपमा फैलदै गएको कोरोनाको नियन्त्रण तथा रोकथामको लागि लकडाउन गरिए पनि जनताका समस्याको मध्यनजर गर्दै आंशिक रुपमा खुल्ला गरिएको छ । कोरोनाको नियन्त्रणका लागि लकडाउनलाई नै उत्तम उपायको रुपमा हेरिएको छ । लकडाउनका कारण...

विश्वव्यापी रुपमा फैलदै गएको कोरोनाको नियन्त्रण तथा रोकथामको लागि लकडाउन गरिए पनि जनताका समस्याको मध्यनजर गर्दै आंशिक रुपमा खुल्ला गरिएको छ । कोरोनाको नियन्त्रणका लागि लकडाउनलाई नै उत्तम उपायको रुपमा हेरिएको छ । लकडाउनका कारण दैनिक कामकाजहरु ठप्प थिए । दैनिक ज्याला मजदुरी गरि खाने मजदुरहरुलाई लकडाउनले गर्दा काम गर्न नपाए पछि दैनिक रुपमा छाक टार्न गाह्रो परेको थियो ।

१२० औ दिनसम्म ग्रामिण क्षेत्रमा खासै राहातको आवश्यकता परेको देखिदैन । तर शहर बजारतिर दैनिक ज्यालादारी गरी खाने मजदुरहरुलाई राहातको आवश्यकता परेको देखिन्छ । यतिवेला गाउँघरतिर चैते धान काट्ने, असारे धान रोप्ने, मकै भाँच्ने, धान रोप्ने, बारीमा कोदो रोप्ने, खेत गोड्ने धमाधम छ । किसानलाई लकडाउनले खासै छोएको छैन । समाजिक दुरी कायम राख्दै गहुँ खेतबारीको काममा किसानहरुको समय वितिरहेको छ ।

जसले सबै प्राण्ीलाई सधैं बचाइरहेको छ । किसान भएन भने मुसा पनि बाँच्दैन मानिसको त कुरै भएन तर जो मानिस किसान हो, उ सबै तिरबाट अपहेलित थियो र छ पनि । जसले संसारलाई आवश्यक पर्ने खाने लगाउने, बस्तु उत्पादन गर्छ । उसको कुरा कसैले सुन्दैन । थिचोमिचो अन्याय सहन पर्दछ । दुःख कष्ट खेपिरहनु पर्दछ । चक्रवर्तीऋणको मारमा सधै पिल्सिनुपर्छ । सधै भरी फोहोरी धुस्रेफुस्रे बनेर शासन गरिरहने शासकसँग डराइरहनु पर्छ । त्यति मात्र होइन, किसान किसान बीच एकताको सोच कतै निस्के मात्रै पनि शासक वर्गले जसरी हुन्छ फुटाउछ । खेति किसानी गर्नेलाई लडडाउनले गर्दा खान नपाएर मर्ने अवस्था नआउन सक्छ । तर शहरबजार तिर अहिलेकै अवस्थामा खाद्यन्न संकट देखिन थालेको छ । उत्पादन भएमा मात्र हामी महामारीमा बाँच्न सक्छौ । उत्पादन गरेमा मात्र अरुलाई बचाउन सक्छौ ।

कृषि र किसानको महत्व कोरोना भाइरसको महामारीसँगै देखिएको छ । अहिले लकडाउनमा मुख्य गरी सुरक्षा कर्मी, डाक्टर र किसानाको भूमिका महत्वपूर्ण रुपमा देखिएको छ । बाँच्नको निमित्त अन्न नै चाहिन्छ । त्यसको विकल्प छैन । अन्न फलाउने काम किसनाले मात्र गर्न सक्छ । किसानले फलाएको अन्न खाएर पशुपंक्षि देखि लिएर डाक्टर, इन्जिनियार, वकिल, मन्त्रि, राष्ट्रिपति, उद्योगि, व्यापारी, बैज्ञानिक इत्यादि बाँच्न सफल भएका छन् । संक्रमणको संख्या बढ्दै गएको हिसावले हेर्दा लकडाउनको समय पनि बढ्ने देखिन्छ । सामाजिक दुरी कायम राख्दै खेतिपाती गर्न सम्भव पनि छ र किसानहरुले गरिरहेका छन् । कोरोनाको महामारी र लकडाउनका कारण निकट भविष्यमा खाद्य संकट र आर्थिक मन्दि लाग्न सक्ने सम्भावना पनि बढेको छ । त्यस कारण पहिलाको तुलनामा उत्पादन बढाउनु पर्ने आवश्यकता देखिन्छ । बाँझो जग्गा राख्नै भएन अर्को कुरा सरकारले पनि किसानलाई प्रोप्साहन दिनु पर्दछ । त्यसका लागि नेपाल सरकारले तत्काल निम्न कार्यहरु गर्नु पर्ने देखिन्छ ।

1 परम्परादेखि गाउँको आरनमा बनाउदै आएको कृषि सामग्रीलाई समय सुहाउँदो र आधुनिक बनाउनु पर्दछ । जस्तो काउली रोप्नको लागी खाडल खन्न कोदालो वा कोदाली प्रयोग गरिएको छ । त्यसबाट थकाई थेरै लाग्ने हुन्छ । समय पनि बढि लाग्छ । त्यसका लागि आरनै बनेको फलाम कै सरल खालको समाग्री बन्छ । भन्न खोजेको कुरा के हो भने पराम्परागत कृषि औजारलाई समय सापेक्ष परिमार्जन गर्नु पर्ने देखिन्छ । जसबाट कम लागानीमा बढि उत्पादन गर्न सकिन्छ ।

2 कृषि उत्पादित बस्तु भण्डार गर्ने स्थान निर्माण गर्न पर्छ । जुन संकटको घडिमा निकालेर प्रयोग गर्न सकियोस । वा पछि उचित मुल्यमा विक्री गर्न सकियोस । अहिले किसानले भण्डारण गर्ने ठाउँको अभाव, उत्पादित सामगा्री विग्रने र मुसाले, घुन पुतली आदिले खाने समस्याले गर्दा कममै मूल्यमा भए पनि विक्री गर्ने र किनेर खाने चलन बढ्दै गएको छ । जसको कारण संकटको घडिमा नपाइने र बढि मुल्य तिरेर खरिद गर्नु पर्ने बाध्यता किसानमा छ ।

3मल र बीउको ब्यवस्थापन गर्नु पर्ने हुन्छ । हामीलाई थाहा नै छ जतिबेला किसानलाई बाली लगाउने बेला भयो मल र बीउको अभाव हामीले झेल्दै आएको समस्या हो । सरकाले मल र बीउको मात्र ग्यारेन्टी गर्ने हो भने किसानलाई धेरै राहत हुन्छ ।

4कषि विमाको ब्यवस्था गर्नु पर्ने हुन्छ । किसानको बर्ष भरी दुःख गरेर उन्न पलाउँछ । अथवा बाली लगाउँछ । कहिले त बीउ लाग्दैन वा नक्ली पर्छ । कहिले त झरी, बाढि पहिरो, बाढि र असिना पानी हावा हुरीले खबै सखाप बनाउँछ । दुःख गरेर पनि प्रतिफल लिने बेलामा नास भए पछि सकेसम्म मानिसहरुले अरुनै पेशा गर्न चाहादो रहेछ । किसानलाई ढुक्क भएर खेती गर्नको लागी बीमा गर्नु पर्ने हुन्छ ।

5कषिमा छुट र अनुदानको ब्यवस्थापन गर्नु पर्ने हुन्छ । जसले कषि कर्म गर्छ उसको अभिलेख स्थानीय सरकारमा राखेर बीउ मल ५० प्रतिशत अनुदान वा छुटको ब्वस्थापन गर्नु पर्ने हुन्छ । अहिले जुन बेलमा बीउ र मल चाहियो त्यतिवेला झन महङगो हुने गरेको छ ।
6बाह्रै महिना सिंचाईको ब्यवस्था पालिकाले गर्नुपर्छ । यसको लागि पालिकाले बजेट ब्यवस्थापन गरी सिंचाईलाई पहिलो प्राथामिकतामा राख्नु पर्छ ।
7स्थानीय तहलाई आवश्यक पर्ने खाद्यन्य कति हो ? लगत राख्ने । कति स्थानीय तहलाई आवश्यक पर्ने हो ? त्यति खाध्य बस्तु स्थानीय तहमा भण्डारण गरिराख्ने । बढिहुने मात्र पालिका बाहिर बेच्नु पर्छ । अहिले ब्यापारीले खाध्यबस्तु सस्तोमा खरिद गरेर लाने पछि महङगो पठाउने गरेको छ ।
8हरेक गाउँमा अन्य भण्डारण गरी राख्ने भण्डारण बनाउनु पर्छ । यसका लागि स्थानीय सरकाले किसानलाई अनुदान दिनु पर्छ ।
9किसाले उत्पादन गरेको अन्न पालिकाले खरिद, विक्री गर्ने जिम्मेवारी लिनु पर्छ । यसको ग्यारेन्टी पालिकाले लिनुपर्छ ।
10कृषि कर्ममात्र गर्ने र मजदुरी गर्नेहरुको रेकर्ड लिएर अनलाइनमा राख्ने र त्यसको बर्ष बर्षमा अध्यावधिक गर्ने ।
11कृषि सहकारी वा कृषक समूह मार्फत मल र बीउको ब्यवस्थापन गर्नु पर्छ ।
12कषि ब्यवसय गर्ने किसानलाई सहुलियतपूर्ण ऋण अनुदान गर्नु पर्छ । कृषि औजार खरिद गर्दा ५० प्रतिशत छुटको ब्यवस्था गर्नु पर्छ ।
13कषि ब्यवसाय गर्ने किसानलाई कर छुट गर्ने पर्छ । किसानको र बालीको निःशुल्का ७५ प्रतिशत विमा खर्चको ब्यवस्था सरकारले गर्नु पर्छ ।
14को किसान हो को किसान होइन उनीहरुको लगत संकलन गरी किसान परिचयपत्रको व्यस्था गर्नु पर्ने हुन्छ ।
15कृषिमा निशुल्क औषधी उपचार र किसानलाई पनि विशेष छुटमा उपचारको ब्यवस्था नेपाल सरकारले गर्नुपर्दछ ।
मेरो विचारमामाथि उल्लेखित कार्य गर्न सके परम्परादेखि खेतिपाति गदै आएका र आधुनिक युवाहरु खेतिपाति देखि विरक्तिएर बाहिरिएकाहरुले समेत कृषि पेशलाई निरन्तरता दिदै उत्पादन बढ्न सक्छ । राहात वितरण भन्दा पनि उनीहरुलाई गाउँघर फर्काएर खेतिपाति गर्न प्रोत्साहन गर्ने । र बाँकी रहेका भूमिअहिन सुकम्बासीलाई मात्र राहत गर्नु पर्दछ ।

माधब प्रसाद ढकाल
सिन्धुपाल्चोक

प्रकाशित मिति २५ श्रावण २०७७, आईतवार १०:२१
प्रतिक्रियाहरू