इलाममा पिकअप दुर्घटना दुईको मृत्यु

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:४१

इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको बताइएको छ । मृत्यु भएका अर्का...

इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको बताइएको छ । मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ ।

इलामका प्रहरी प्रमुख नवीनराज राईका अनुसार दुर्घटनामा परी सचिन राई र विकास तामाङ घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ । को२च १५ नंको पिकअप तरकारी बोकेर झापातर्फ जाँदै गरेको थियो ।

प्रकाशित मिति १६ मंसिर २०७७, मंगलवार ०८:४१
प्रतिक्रियाहरू