सगरमाथा साहित्य अनलाइन गजल महफिलमा आज प्रकाशित तीन गजहरू

सगरमाथा साहित्य अनलाइन गजल महफिलमा आज प्रकाशित तीन गजहरू

प्रकाश कुमार गिरी

@Mayur Times

२०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:१०

१) गजल गल्ती गर्नु परको कुरा हो सोँच्दै नसोँचेको आरोप आउँछ सानातिनाले मात्रै सहनु पर्छ जहिले जेको आरोप आउछ कसरी मिलायो होला टोपिले ससम्मान शिरमा बस्ने ठाउँ? खुट्टा जोगाउने चप्पललाइ हिलो छ्यापेको आरोप आउँछ छाती फुलाएर निस्फिक्री...

१) गजल
गल्ती गर्नु परको कुरा हो सोँच्दै नसोँचेको आरोप आउँछ
सानातिनाले मात्रै सहनु पर्छ जहिले जेको आरोप आउछ

कसरी मिलायो होला टोपिले ससम्मान शिरमा बस्ने ठाउँ?
खुट्टा जोगाउने चप्पललाइ हिलो छ्यापेको आरोप आउँछ

छाती फुलाएर निस्फिक्री हिड्छन बलात्कारी अपराधिहरु
हामिले त कसैलाइ हेर्नै हुन्न आँखा लाएको आरोप आउँछ

धनिमानीहरुले पो हो मायाप्रेमलाई खरिदबिक्री गर्न सक्ने
गरिब प्रेमीलाइ मायाको पनि भिख मागेको आरोप आउँछ

यस्तैयस्तै हो पैसा र पहुँच नहुनेहरुले गुजार्नु पर्ने जिन्दगि
भनीसाध्य छैन कहिले केको कहिले केको आरोप आउँछ

जिज्ञासु पौडेल तिलक
बुटवल
हाल काठमाडौ

२) गजल
सोचिरहेछु कति महिना बर्ष वा युग लाउछ
मुलुकले भष्ट्राचारबाट मुक्ति कहिले पाउछ

फैलिएछ कु- संस्कार खै कहिले देखि यहाँ
यसबाट अछुतो न कुनै शहर न त गाउँ छ

प्रलोभन देखाई देखाई ढुकुटी नै रित्याउनेको
जय जयकार गरी दुनियाँ उसकै पछि धाउछ

झुटो कुरा भनेरहेछन् चुनावको त्यो बेलामा
संमृध्द नेपाल सुखी नेपाली भन्ने दिन आउँछ

जनमतको दुरुपयोग सबैले गरीरहने हो भने
जनताको ईच्छा चाहना कसले पुरा गराउछ
– रामचन्द्र भट्टराई
स्याङ्जा

३) गजल
भेटघाटमा आउनुहोस् नेताज्यू दोसल्ला ओढाउला
तपाईंले पहाड फोडेर बनाएको सडकमा घुमाउला l

तपाईंको शासन जहानिया भन्दा फरक लागेन,
सवार होस् जहाजमा अनाथालयबाट कर उठाउला,

पाखोबारी खनेर कोदो,फापर,मकै र आलु फलाउनेसँग ,
आउनुहोस् नेताज्यू धक नमानेर चिनजान गराउला

गत चुनावका आखाँमा छारोहाली बाँडेका सपनाहरु,
पुरा गर्न आउनुहोस् आगामी चुनावमा भोट दिलाउला l

गौतम बुद्धको ‘शान्ति तारा’ले एसियानै चम्क्यो,
बधाई छ तपाईंलाई भ्रष्टाचारको प्रथम अवार्ड पाउला
– मदन एस .के. ‘सङ्गम’
बझाङ्ग

प्रकाशित मिति १६ मंसिर २०७७, मंगलवार ०८:१०
प्रतिक्रियाहरू
उत्कृष्ट १० गजलकारका १० गजल

उत्कृष्ट १० गजलकारका १० गजल
२०७७ पुस २८ गते मङ्गलबार ०७:४१

यी हुन उत्कृष्ट १० गजलकारहरु

यी हुन उत्कृष्ट १० गजलकारहरु
२०७७ पुस २७ गते सोमबार १२:२५

केही त गर्न नै पर्ने भो

केही त गर्न नै पर्ने भो
२०७७ पुस १९ गते अाईतबार ०७:३७

गजल – इतिहास लामिछाने

गजल – इतिहास लामिछाने
२०७७ पुस १९ गते अाईतबार ०३:४९