आस्था र भरोसाको जिउँदो इतिहास अदुकाली र डिक्ला

आस्था र भरोसाको जिउँदो इतिहास अदुकाली र डिक्ला

हरिश जोशी

@Mayur Times

२०७७ मङ्सिर १६ गते मङ्गलबार ०७:३७

बझाङको थलारा गाउँपालिका  परापुर्बकाल देखिनै आफ्नै खालको अस्थीत्व र पहिचान बोकेको स्थल हो । संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्य पुन संरचना गर्ने त्रममा सावीक पाँच वटा गा.वि.स दंगाजी,पाराकाट्ने , कोटभैरव ,कोइरालाकोट ,मालुमेला...

बाजमा रहेको ऐतिहासिक मन्दिर

बझाङको थलारा गाउँपालिका  परापुर्बकाल देखिनै आफ्नै खालको अस्थीत्व र पहिचान बोकेको स्थल हो । संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्य पुन संरचना गर्ने त्रममा सावीक पाँच वटा गा.वि.स दंगाजी,पाराकाट्ने , कोटभैरव ,कोइरालाकोट ,मालुमेला मिलि वनेका थलारा गाउँपालिकाको सिरानिमा सुदूरपश्‍चिम प्रदेशको गर्भमा रहेको अतीनै  महत्वको धार्मिक पर्यटकीय क्षेत्र खप्तड राष्टिु्य निकुन्ज अनुपम कोशेली लिएर वाँचिरहेको प्रकृतिको जैविक विविधताका साथै सुन्दर रमणीय फाँटहरू साइपाल  हिमालको हिमशंखला कोखबाट अनवरत रूपमा थुपै स्रोत साथमा लीएर बगीरहेको सेती नदी यस गाउँपालिकाका प्राकृतिक उपज हुन भने पुर्वि सिमानामा जडारीगाड र अर्का तिर डोटि जिल्ला संग जोडिरहेको अर्का पर्यटकिय क्षेत्र मालीका  अवस्थीत छ । यो थलारा गाउँपालिका थ्रुपै  खालको श्रोत र साधन लिएर वाँचिरहेको छ ।

केही समय अगाडि म थलारा गाउँपालिकाको वडा न ३ बाज र त्यही नजिकैको डिक्ला पुगेको थिए । परापुर्ब कालदेखि इतिहास बोकेको उक्त ठाउँ निकै सुन्दर छ निकै सौम्य छ । परापुर्ब कालमा थलारा राज्यका राजा भारतको हरिद्वारमा स्नान गर्न गएका थिए । उहाँलाई कोड ( छालाको रोग) लागेको रहेछ । त्यसपछि भारतको हरिद्वारमा आफ्नो ब्राह्मणकर्म गरिराखेका उप्रेती ब्राह्मणले निको पार्ने बताएपछि थलारा राज्यका राज्यका राजासँगै उप्रेती बाहुन पनि बझाङको थलारामा आएका थिए । आफ्नो शरिरको रोग निको पारेपछी थलारा राज्यका राजाले ठाउँ रोज्न लगाउँदा उप्रेती बाहुन थलारा राज्यमा हिड्दै गर्दा एउटा डाँडाको उकालोमा चडदा आधा जति उकालो चढिसकेपछी बाटोको किनारमा एकमात्र गहतको बोट र त्यस बोटमा एउटा मात्र गहतको कोशा (फल) थियो । जुन फलमा एक माना जति गहत निस्किएपछी उप्रेती बाहुनहरुले सोही ठाउँ रोजेका थिए । आधा उकालोमा ठाउँ रोजेपछी उक्त ठाउँको नाम नै अदुकाली ( आदि+ उकाली) रहन गयो भने उप्रेती बाहुनहरुलाइ अदुकाला भन्न थालियो । पछि बिस्तारै उप्रेती बाहुनहरुले थर परिवर्तन गरि जोशी, शर्मा लेखाउन थाले र त्यो ठाउँ बाट थलाराकै अदुकाली, डिक्ला र जयपृथ्वी नगरपालिकाको गोलाइ तिर बसाइँसराइँ गरेर गए । आफू पनि त्यही उप्रेती बाहुन रहेछुँ भन्ने त्यही ठाउँमा पुगेर थाहा पाएको हुँ । त्यही रोजेको ठाउँसँगै जोडिएको गाउँ हो डिक्ला थलारा । यसरी जिउँदो इतिहास बोकेको छ अदुकाली र डिक्ला ले …
थलाराको बाजमा रहेको ऐतिहासिक मन्दिर

ड

डिक्ला थलारा

प्रकाशित मिति १६ मंसिर २०७७, मंगलवार ०७:३७
प्रतिक्रियाहरू