१) गजल
दिनदिन कुकर्मी र दानवी मान्छेको विचार हुँदैछ
नेपाल यस्तो देश ६ वर्ष बालिका बलत्कार हुँदैछ
जो संग पैसा, धन् सम्पत्ति ,जग्गा जमीन, महल
उसैको नेता उसैको कानून गुणगान हजार हुँदैछ
निर्मला पन्त, सम्झना विकको घटनाले प्रेरणा लिएन
कुकुर र गिद्धको समाजमा मात्र दुर्व्यवहार हुँदैछ
कसले जन्माउँला छोरी गुलाब खातुनको घटना हेरी
देशका हरेक नर नारीको आँखा आश्रुधार हुँदैछ
बलत्कारीलाई फाँसी दिने कानुन बनाउ सरकार
देशका जनता संग यही बिन्ती बारबार हुँदैछ
– रूपेश पटेल
सर्लाही
२) गजल
जसरी यो समाजको सम्बन्ध छ, भ्रष्टाचारि र दलालीसंग ।
त्यतिको नगिक सम्बन्ध छैन, मेचिको कर्णालीसंग ।
जिउँदै श्रीमतीलाई आगो लगाउने, चलन पो आए छ
बिवाहामा दाइजो नदिएको, गुनासो गर्दै ससुरालीसंग ।
जति सुकै वादबिवाद गर्य पनि, अन्तमा हार्नै पर्नी
दुनियाँलाई ठगेर खाने, बानी परेका ती जालीसंग ।
समाजको गलत सोच बद्लने, उदेश्य लि हिन्नेहरुले
जीवन आफ्नो बिताउनु पर्छु, समाजको गालीसंग ।
– दिव्या पन्त जिज्ञासु
बेलौरी १ कन्चन्पुर
३) गजल
आमा तिम्रो शरणमा कुनै सन्ततिको हार भएन
सोझा र इमान्दारले बाच्ने संसार भएन
आफ्नै कुरामा मात्र सिहदरबार कती धाउछौ नेता
यहाँ दक्ष युवायुवतीले पाउने रोजगार भएन
खल्तीमा पैसा नभएर ओछ्यानमा पल्टिदाँ
गरिब बिरामी बा को केही पनि उपचार भएन
हो,निकै मै हु भन्नाउदाले दिनरात हेपिरहदा
दुखीको अनुहारमा कुनै खुसी सवार भएन
देस र जनताको लागि केही गर्छु भने पनि।
यहाँ गरिबको पक्षमा कुनै जनतालाई सरकार भएन
इस्मिता थापा
खोटाङ,हाल काठमाडौ
सगरमाथा साहित्यको आयोजनामा आयोजित कलमको आवाज युद्ध वृहत् अनलाइन गजल महफिलमा आज प्रकाशित तीन गजहरू
प्रकाशित मिति १५ मंसिर २०७७, सोमबार ११:०८