साहित्यिक चौतारी नेपालको अध्यक्षमा गीता भण्डारी निर्वाचित

साहित्यिक चौतारी नेपालको अध्यक्षमा गीता भण्डारी निर्वाचित

प्रकाश कुमार गिरी

@Mayur Times

२०७७ मङ्सिर १५ गते सोमबार १०:३७

साहित्यिक चौतारी नेपालको अध्यक्षमा गीता भण्डारी चयन भएकी छिन् । साहित्यको विकाश र विस्तारको मुख्य उद्देश्य लिएर अघि बढेको साहित्यिक संस्था साहित्यिक चौतारी नेपालको तेस्रो अधिवेशनले भण्डारीको नेतृत्वमा ११ सदस्य कार्यसमिति...

साहित्यिक चौतारी नेपालको अध्यक्षमा गीता भण्डारी चयन भएकी छिन् । साहित्यको विकाश र विस्तारको मुख्य उद्देश्य लिएर अघि बढेको साहित्यिक संस्था साहित्यिक चौतारी नेपालको तेस्रो अधिवेशनले भण्डारीको नेतृत्वमा ११ सदस्य कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा चारखोले शिशिर, उपाध्यक्षमा नवीन अनुपम रावत, सरस्वती बस्ने सरु, महासचिवमा घनश्याम घायल तिवारी, सचिव देवेन्द्र खतिवडा, कोषाध्यक्षमा कमला भण्डारी ढकाल, सहकोषाध्यक्ष श्याम कुमार छेत्री चयन भएका छन् ।

त्यसैगरि समितिको सदस्यमा प्रेम खड्का, बिन्दा पराजुली, तारा घिमिरे चयन भएका छन् । त्यसैगरि चौतारी प्रशिक्षकमा शंकर ढकाल चयन भएका छन् ।
त्यसैगरि नव गठित कार्यसमितिमा संरक्षक तथा प्रमुख सल्लाहकार साबित्रा लुइँटेल घिमिरे, बरिष्ठ सल्लाहकार प्रा. भिम खतिवडा, बरिष्ठ सल्लाहकार डा .देवी नेपाल र सल्लाहकारमा प्रभा आचार्य भट्टराई र सन्दिप संग्रौलालाई चयन गरेको छ ।

बिगत ७ बर्ष पहिले सामाजिक सञ्जालको फेसबुक मार्फत सुरु भएको यो संस्था नेपाल सरकारको मान्यता प्राप्त संस्था हो । संस्थाले साहित्यको बिकाश र बिस्तारका साथै विभिन्न रोगबाट पिडीत, दुर्घटना भएका, बाढी पहिरोमा परेका, महाभुकम्पको मारमा परेकालाई आर्थिक सहयोग अभियान चलाएको छ । त्यसैगरि मानव सेवा आश्रममा सहित गरेर झन्डै २० लाख रुपैयाँको आर्थिक तथा सामाग्री समेत सहयोग गरेको छ ।

संस्थाको देशभरका ७ ओटै प्रदेश र रोजगारीको शिलशिलामा अन्य मुलुकमा कार्यरत नेपालीहरुको मनलाइ चौतारीमा बिसाउने माध्यम बनाउदै इजरायल, मलेसिया, साउदी अरब, ग्रीस र भारतमा समेत आफ्ना शाखा बिस्तार भईसकेको छ । त्यसैगरि साहित्यिक चौतारी नेपालले मलेशिया भित्र जोहोरबारु उपशाखा, नेपालमा बारा जिल्ला र तेह्रथुममा विद्यालयसम्म समेत गरि १४ वटा शाखा र उपशाखामा रहेका छन् ।

प्रकाशित मिति १५ मंसिर २०७७, सोमबार १०:३७
प्रतिक्रियाहरू
गजलकार निम्बाका दुई गजल

गजलकार निम्बाका दुई गजल
२०७७ माघ ८ गते बिहिबार ०६:४४

स्मृतिमा कर्णाली गजल उत्सव

स्मृतिमा कर्णाली गजल उत्सव
२०७७ माघ ८ गते बिहिबार ०३:२१

गजलमा भोक बोल्ने गजलकार कुन्दन

गजलमा भोक बोल्ने गजलकार कुन्दन
२०७७ माघ ६ गते मङ्गलबार ११:११

चुनौंतीको गर्भमा लुकेको अवसर।

चुनौंतीको गर्भमा लुकेको अवसर।
२०७७ माघ ४ गते अाईतबार ०३:०८