‘विप्लवको भ्वाङ परेको ‘क्रान्ति’ आवश्यकता छैन’ – गोकुल बाँस्कोटा

‘विप्लवको भ्वाङ परेको ‘क्रान्ति’ आवश्यकता छैन’ – गोकुल बाँस्कोटा

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर १४ गते अाईतबार ०८:२४

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्दको ‘क्रान्ति’मा भ्वाङ परेको दाबी गरेका छन्। काभ्रेपलाञ्चोकको धुलिखेलमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले चन्दले दावी गरेको क्रान्ति आजको आवश्यकता नभएकाले...

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्दको ‘क्रान्ति’मा भ्वाङ परेको दाबी गरेका छन्।

काभ्रेपलाञ्चोकको धुलिखेलमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले चन्दले दावी गरेको क्रान्ति आजको आवश्यकता नभएकाले बताएका हुन्।

कार्यक्रममा चन्द नेतृत्व समूहका छ दर्जन बढी कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।

‘ध्वंशात्मक क्रान्ति आजको आवश्यकता होइन, तपाईँको क्रान्तिमा भ्वाङ परिसक्यो, अब तपाईँ पनि नेकपामा प्रवेश गर्नुपर्‍यो’, उनले भने। प्रतिनिधिसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले विकास–क्रान्तिको निरन्तरता आजको आवश्यकता भएको बताए।

बाँस्कोटाले नेपालमा हिंसात्मक क्रान्ति जरुरी नभएको बताउँदै शान्तिपूर्ण सङ्घर्ष र रुपान्तरणको भने आवश्यक रहेको उनको तर्क छ। नेकपामा कोही दास र कोही मालिक नभएको उनको धारणा छ।

ktm dainik

प्रकाशित मिति १४ मंसिर २०७७, आईतवार ०८:२४
प्रतिक्रियाहरू