१) गजल
चारतिर त्यही एउटा कुर्सी तानातान, के का लागी ?
वचनको तीर एक अर्कोमा हानाहान, के का लागी ?
भ्रष्टाचारी, बलात्कारीलाइ आज संरक्षण गर्नु रहेछ त ,
पैंसट्ठी बर्ष लगाइ बनाउनुभयो संविधान, के का लागी ?
सडक उद्घाटन कार्यक्रम हुँदा लिपुलेक, लिम्पियाधुरामा ,
हेर्दै चुपचाप बस्ने ती छ सय एकको बथान, के का लागी ?
वार्ता गरी ठोस निष्कर्ष निकाल्न भने सक्नुहुन्न हजुर ,
सधै बैठक पाँचतारे होटलमा चियापान, के का लागी ?
पीडा, अभावले सडकमा निस्केका जनतालाइ देख्नुहुन्न ,
तिनै जानताको भोटले दिलाएको पहिचान, के का लागी ?
– हरेराम तिमल्सिना
धुलिखेल – ११, काभ्रे
२) गजल
मरेर गएपनि गोर्खाली नाम जीवित भयो।
उनिहरुको चर्चा दुनियाँमा असीमित भयो।
पहिलेका योद्धाहरुले देश एकीकरण गराए,
अहिले ती दिनहरु सम्झदा’नी अतीत भयो।
छिमेकि देशहरु धेरै अगाडि बढिसक्दा पनी,
हाम्रो देशको हालत देख्दा चकित भयो।
गरिब जनता मारमा परेको परै छन यहाँ,
हाम्रो देशमा बलत्कारीहरु सुरक्षित भयो।
भष्टचारी ~बलत्कारी खुलेअाम हिडिरहदा,
न्याय नपाएका हरेक जनताहरु पिडित भयो।
बिष्णु गिरी
मालिका गाउँ पालिका
गुल्मी
३) गजल
याे समाज चाहिन्छ मलाई बा-अामा ,चाहिन्छ
जस्तो यो संसार हेर्नको लागि आँखा ,चाहिन्छ
सपना मात्र देखेर पनि हुदैन महाेदय! अाखिर
जिम्मेवारी पूरा गर्ने थाेरै ज्ञान अनि कला चाहिन्छ
तिमी र म मात्रै भएर पुगेन प्रिया मेराे लागि
बा-आमा भनेर बोलाउने बालबच्चा, चाहिन्छ
नेता पुगे सिहं दरबार एजेन्डा पुगेनन्
यति साेचेनन् नेताले पछि जनता, चाहिन्छ
बाचुन्जेल हो लाखौं लाखका बिट्टा खेलाउने
मृत्यु पछि टीका लगाउन सिक्का चाहिन्छ
अशीम विश्वाकर्मा
खाेटेहाङ ३ खाेटाङ हाल परदेश
सगरमाथा साहित्यको आयोजनामा आयोजित कलमको आवाज युद्ध वृहत् अनलाइन गजल महफिलमा आज प्रकाशित तीन गजहरू
प्रकाशित मिति १४ मंसिर २०७७, आईतवार ०७:३२