काेराेनाकाे कारण थप दुइकाे मृत्यु

काेराेनाकाे कारण थप दुइकाे मृत्यु

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर १३ गते शनिवार ०२:०९

लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत २ जनाको गएराति निधन भएको छ । बुटवल र कपिलवस्तुबाट उपचारका लागि भर्ना भएका २ जना पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको...

लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत २ जनाको गएराति निधन भएको छ । बुटवल र कपिलवस्तुबाट उपचारका लागि भर्ना भएका २ जना पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

मंसिर ९ गते कोरोना पुष्टि भएका कपिलवस्तु- २ गोरुसिङ्गेका ७४ वर्षीय पुरुषको र मंसिर ५ गते कोरोनाको कारण भर्ना भएका बुटवल उपमहानगरपालिका- ७ का ४२ वर्षीय तथा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

उनीहरु दुबैजना पहिलेदेखि नै मृगौलाको बिरामी रहेर डाईलासिस गरिरहेको समेत अस्पतालले जनाएको छ ।

प्रकाशित मिति १३ मंसिर २०७७, शनिबार १४:०९
प्रतिक्रियाहरू