तीन गजल

तीन गजल

प्रकाश कुमार गिरी

@Mayur Times

२०७७ मङ्सिर १३ गते शनिवार ०७:४७

१) गजल खडेरी पर्छ,आगो लाग्छ,हुरि चल्छ मेरो बस्तीमा अझै भगवानको लागि दियो बल्छ मेरो बस्तीमा गरिबहरुले सिटामोल पाउदैनन् त्यो बेग्लै कुरा भो भन्नलाई त निशुल्क औषधि पसल छ मेरो बस्तीमा अध्यारोमा मर्नु भन्दा हामी करेन्ट लागेर मर्छौ...

१) गजल
खडेरी पर्छ,आगो लाग्छ,हुरि चल्छ मेरो बस्तीमा
अझै भगवानको लागि दियो बल्छ मेरो बस्तीमा

गरिबहरुले सिटामोल पाउदैनन् त्यो बेग्लै कुरा भो
भन्नलाई त निशुल्क औषधि पसल छ मेरो बस्तीमा

अध्यारोमा मर्नु भन्दा हामी करेन्ट लागेर मर्छौ बरु
सरकार भन्दे कहिले बिजुली जल्छ मेरो बस्तीमा

क्रान्तिको नाममा रगत बगाएको बर्षौ भइसक्यो
तर अझै असमानताको खाडल छ मेरो बस्तीमा

हाम्रा आशाको बिस्कुनले घाम देख्न पाएको छैन
राजनिती नामको कालो बादल छ मेरो बस्तीमा
समीर ओझा
के आइ सि गाउँपालिका २ डोटी

२) गजल
भ्रष्टाचार हत्याहिंसा बलात्कार अनि काटमार चल्छ!
भन्नुस् मेरो देशमा कहिले सम्म एसिड प्रहार चल्छ?

कहाँ जाउ न्याय माग्न सरकार तपाइँ आफै भन्नुस्
यहाँ निर्दोष माथि खुलेआम धारिलो हतियार चल्छ

मान्छे मार्नुस चाहे जीउँदै माटोमा गाड्नुस तपाइँ
सबकुछ तपाइँकै चल्छ राजनीति सरकार चल्छ

दस जना मिलेर एउटा घर चल्दैन मेरो समाजमा
एक जना आएर मलाई भन्नू हुन्छ एक्लै संसार चल्छ

उसले छोएको हरचिज अछुत बन्छ तर म सोच्दैछु
उसको जवानी मात्र किन हर ठाउँ बारम्बार चल्छ

हरि सुनार
दोधारा चाँदनी,कञ्चनपुर

३) गजल

यस्तो गर्जेर आवाज आयो जब कान बाट
छिमेकीले पनि डोजर चलायो सिरान बाट

नेपाल आमा लुटिदा केही बोलेन सरकार
भोलि बहिनी लुटिन सक्छ अोछ्यान बाट

केही कुराको ज्ञान लेउ सत्तामा बस्नेहरु हो
अब यी निर्दोष जनता बाट विद्धवान बाट

धार लागाऊ गोर्खालीको भाला खुकुरीमा
कतिदिन सहेर बस्छौ ए कयर अपमान बाट

अनि थाहा पाउने छौ सहिदहरु को महत्त्व
जब हजारौं मलामी फर्किने छन् चिहान बाट
महेन्द्र क्षेत्री “स्पन्दन”
पुर्बिचौकी गाउपालिका २डोटी
हाल जन्मभुमि डोटी

सगरमाथा साहित्यको आयोजनामा आयोजित कलमको आवाज युद्ध वृहत् अनलाइन गजल महफिलमा आज प्रकाशित तीन गजहरू

प्रकाशित मिति १३ मंसिर २०७७, शनिबार ०७:४७
प्रतिक्रियाहरू
चुनौंतीको गर्भमा लुकेको अवसर।

चुनौंतीको गर्भमा लुकेको अवसर।
२०७७ माघ ४ गते अाईतबार ०३:०८

उत्कृष्ट १० गजलकारका १० गजल

उत्कृष्ट १० गजलकारका १० गजल
२०७७ पुस २८ गते मङ्गलबार ०७:४१

यी हुन उत्कृष्ट १० गजलकारहरु

यी हुन उत्कृष्ट १० गजलकारहरु
२०७७ पुस २७ गते सोमबार १२:२५

केही त गर्न नै पर्ने भो

केही त गर्न नै पर्ने भो
२०७७ पुस १९ गते अाईतबार ०७:३७