जन्ती बोकेको जीप दुर्घटना, घटनास्थलमै चार जनाको मृत्यु

जन्ती बोकेको जीप दुर्घटना, घटनास्थलमै चार जनाको मृत्यु

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर १३ गते शनिवार ०७:३३

रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७  पोखरामा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।   आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति दुर्घटना भएको हो। दुर्घटनामा...

रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७  पोखरामा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
 
आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति दुर्घटना भएको हो। दुर्घटनामा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको आठबीसकोटका मेयर गोरखबहादुर केसीले जानकारी दिए।

दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली सख्त घाइते छन्। जीप चालक फरार रहेको प्रहरीले जनाएको छ। यो सडकखण्डमा सञ्चालित अधिकांश सवारी साधन थोत्रा छन्। सडक कच्ची भएका कारण स्थानीयले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ।

https://www.himalkhabar.com/news/120860

प्रकाशित मिति १३ मंसिर २०७७, शनिबार ०७:३३
प्रतिक्रियाहरू
बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते

बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते
२०७७ मङ्सिर २८ गते अाईतबार ०६:५०

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु
२०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:४१

टिकटकमा एकैदिनमा भाइरल भए  ओली

टिकटकमा एकैदिनमा भाइरल भए ओली
२०७७ मङ्सिर १५ गते सोमबार ०५:४४