अमलाका औषधीय गुणहरु यस्ता छन्

अमलाका औषधीय गुणहरु यस्ता छन्

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर १२ गते शुक्रबार ०७:१३

अमलामा हुने क्रोमियम, जसले मधुमेहलाई घटाउने काठमाडाैँ । अमला यस्तो फल हो, जुन अनेक रोगका लागि औषधीको काम गर्छ । यसले रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको समेत विकास गर्छ । यस्तै, अमलाले खाना पचाउन, पेटमा एसिडको मात्रा सन्तुलित...

अमलामा हुने क्रोमियम, जसले मधुमेहलाई घटाउने
काठमाडाैँ । अमला यस्तो फल हो, जुन अनेक रोगका लागि औषधीको काम गर्छ । यसले रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको समेत विकास गर्छ । यस्तै, अमलाले खाना पचाउन, पेटमा एसिडको मात्रा सन्तुलित राख्न, कलेजो सफा राख्न र मस्तिष्कलाई स्फूर्ति राख्न पनि उत्तिकै सहयोग गर्छ ।

अमला भिटामीन सी र ए को स्रोत हो । साथै यसमा फोलिक एसिड, खनिज, क्याल्सियम, पोटासियम, फोस्फोरस, आइरन, म्याग्नेसियम, आइरन क्यारोटेटन र कम क्यालोरीजस्ता पोषणतत्व पाइन्छ । १ सय ग्राम फलमा केवल ४४ ग्राम क्यालोरी हुन्छ । ताजा अमलामा ८० प्रतिशत पानीको मात्रा हुन्छ । यसको अलावा प्रोटिन, खनिज, कार्बोहाइड्रेट र फाइबर हुन्छ ।

अमलामा हुने क्रोमियम, जसले मधुमेहलाई घटाउने काम गर्छ । यसले छुट्टै रहेका रगतका कोषलाई घटाएर रगतमा चिनीको मात्रा घटाउँछ । जब रगतमा चिनी घट्छ, कोषले ग्लुकोजलाई क्रियाशील बनाउँछ । यसले मेटावोलिजम बलियो हुन्छ । क्रोमियमले रगतमा हुने अवरोध हटाउँछ र मुटु स्वस्थ राख्छ । यसले शरीरमा हुने खराब बोसो कोलस्ट्रोल पनि हटाउँछ ।

अमलामा हुने पर्याप्त फाइबरको मात्राले पाचनप्रणालीलाई नियमित राख्छ । यसको कारण कब्जियतको समस्या पनि स्वतः हटेर जान्छ । अमलाले खाना पचाउन रस उत्पादन गर्छ र पेटमा एसिडको मात्रा बढ्न दिँदैन ।

अमला मुटुरोगका लागि पनि अत्यन्त फाइदाजनक रहेको प्रमाणित भइसकेको छ । अमलाको धुलोले मुटुको कोषलाई बलियो बनाउँछ र शरीरमा प्रभावकारी रूपमा रक्तसञ्चार हुन्छ । अमलामा हुने क्रोमियमले मुटुको धमनी र सिरामा हुनसक्ने अवरोध हटाउँछ । साथै यसले हृदयघात र मस्तिष्कघातको जोखिम हटाउँछ । अमलामा हुने आइरनको मात्राले नयाँ रक्तकोष निर्माणमा सहयोग गर्छ । यसले शरीरका अन्य अंगमा रक्तसञ्चार र अक्सिजन प्रवाह गरी शरीरका कोषलाई स्वस्थ राख्छ ।

यो फलमा पर्याप्त पानीको मात्रा हुन्छ । यसले पिसाबको मात्रा वृद्धि गर्छ । पिसाबबाट हाम्रो शरीरमा रहेको अनावश्यक विषादी बाहिर निकाली शरीरमा आवश्यक पानी, नुन र युरिकएसिडको मात्रालाई सन्तुलनमा राख्छ । यसकारण अमलामा रहेको पानीको प्रतिस्थापन तत्वले आफ्नो मिर्गौला स्वस्थ राख्न र पिसाबको संक्रमण रोक्न मद्दत गर्छ ।

यस्तै, अमलालाई परम्परागत रूपमै कपालका लागि भिटामिन मानिन्छ । यसले कपाल बढाउने र झर्नबाट जोगाउँछ । यसले कपालको जरा बलियो बनाउँछ र कपालको रंगमा कालोपना पनि ल्याउँछ । अमलाको तेल प्रयोग गर्नाले कपालमा चमक आउनुका साथै कपाल लामो पनि बन्छ ।

अमलामा हुने एन्टिअक्सिडेन्ट गुणले हाइपरलिपिडमियाँ शरीरमा रहेका अनावश्यक रेडिकक्लस हटाउँछ । भिटामिन सी र एन्टिअक्सिडेन्टले चाउरीपना र दाग हटाउँछ। र, सधैं जवान देखिन मद्दत गर्छ ।

एक अनुसन्धानअनुसार अमलाले पाठेघरको मुख र अन्डकोषको क्यान्सरविरुद्ध विषको काम गर्छ । जसले गर्दा ती भागमा क्यान्सरका सेल विकसित हुन पाउँदैनन् । यसमा क्यान्सरविरुद्ध लड्ने क्षमता हुन्छ । यसमा हुने खनिज तथा भिटामिनले महिनावारी गडबडीमा उपचारकै काम गर्छ । नियमित रूपमा अमलाको सेवन गर्नाले महिनावारी सन्तुलित हुन्छ ।

प्रकाशित मिति १२ मंसिर २०७७, शुक्रबार १९:१३
प्रतिक्रियाहरू
उच्च रक्तचापबाट बच्न यस्ता उपायहरु अपनाउनुपर्छ

उच्च रक्तचापबाट बच्न यस्ता उपायहरु अपनाउनुपर्छ
२०७७ मङ्सिर १२ गते शुक्रबार ०८:१६

एकपटक कोरोना भएपछि फेरि हुन्छ कि हुँदैन ?

एकपटक कोरोना भएपछि फेरि हुन्छ कि हुँदैन ?
२०७७ मङ्सिर ८ गते सोमबार ०९:३६

तनावको समयमा आफ्नो ख्याल कसरी राख्ने

तनावको समयमा आफ्नो ख्याल कसरी राख्ने
२०७७ मङ्सिर २ गते मङ्गलबार ०६:४७

जानी राखाैँ अण्डा खाने तरिका

जानी राखाैँ अण्डा खाने तरिका
२०७७ कार्तिक ५ गते बुधबार ०७:३४