१) गजल
एक जवान दिनरात गरेर प्रेम रतन खेलिरहेछ!
आफ्नो हुन सकेन साधँमा आगँन खेलिरहेछ!
उसले आफ्नो भनि सक्यो काखमा लगिसक्यो
मतलब राख्दैन नामर्द मनसगँ मन खेलिरहेछ!
परिणाम दिएकै हुन् पुर्खाले खुकुरी भालाको
थाह छ फेरि आगोसगँ दुश्मन झन् खेलिरहेछ!
आसुँ माथि आसुँ घाउ माथि घाउ मात्रै पाइयो
प्रिय सरकार गरिबिमा तिम्रा बचन खेलिरहेछ!
मजाकमा उडिरहेछ पिडा अभाव भोकमरि
बुढो सरकारभित्र कायर बालापन खेलिरहेछ!
काखमा बसेको बच्चाले काखमै लात हान्यो
म देश जोगाउँछु भन्ने भक्त पल्टन खेलिरहेछ!
सौभाग्य च्यातिनु हो दुर्भाग्य आफ्नै कुण्डलि
हातका रेखा निधारले कुल बजन खेलिरहेछ!
देवेन्द्र वयनि
बर्दिया
२) गजल
होली वाइन पिलाउने संघियता किन चाहियो ?
मार्सी भात खिलाउने संघियता किन चाहियो ?
अरिंगालको गोलो भइ देशभक्तमा जाइलाग्न ,
भय र त्रास दिलाउने संघियता किन चाहियो ?
जनताहरुको टाउकोमा ऋण माथि ऋण थप्दै,
अर्थ तन्त्र नै हिलाउने संघियता किन चाहियो ?
आफ्नो मान्छे बचाउनलाइ कसर केहि न छोड्ने,
भ्रष्ट दलाल ~ मिलाउने संघियता किन चाहियो ?
सोचाइ थियो हाम्रोपनि सुन्दर शान्त देश हुन्छ,
सारा सपना बिलाउने संघियता किन चाहियो ?
शोभाराम ओली
राङसी, रोल्पा
हाल: दोहा, कतार
३) गजल
यो सरकार कसका लागि कति हित भएको छ
यहाँ दिनहुँ एउटा बालिका बलात्कृत भएको छ
बलात्कार गर्नेलाई सजाय फासी दिने भन्ने सुनियो
तर यो नियम र कानुनमा मात्रै सिमित भएको
मलाई यो कारणले कानुन अन्धाे लागिरहेकाे थियोे
जब साेझा जनताको हार फटाहाकाे जीत भएको छ
जहाँ जाउँ हत्या ,हिंसा ,बलात्कारका घटना सुन्न पर्छ
उनीहरूका अधिकार जति नारामै सुनिश्चित भएको छ
घुम्ने कुर्सीमा बसेर क्या घुमाउरो न्याय दिनुभाे न्यायाधीश
हेर्नुस् त्यो पिडित मान्छे फेरि हजुरबाटै पिडित भएको छ
सृजना खत्री (सरू)
सुर्खेत
“सगरमाथा साहित्यको आयोजनामा आयोजित कलमको आवाज युद्धमा आज प्रकाशित भएका तिन गजलहरू “
प्रकाशित मिति १२ मंसिर २०७७, शुक्रबार १७:२४