पछिल्लो २४ घण्टामा १७०३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले आज दिउँसो अध्यावधिक गरेको विवरण अनुसार १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यो सँगै नेपालको जम्मा संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १२३६ छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या २ लाख ९ हजार ४३५ पुगेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ।
२४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ जना रहेको छ । नेपालमा हालसम्म कोरोनाबाट १४३५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति १२ मंसिर २०७७, शुक्रबार १६:४१