खोप नआउँदासम्म विद्यालय बन्द रहने

खोप नआउँदासम्म विद्यालय बन्द रहने

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर १२ गते शुक्रबार ०८:१८

भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरस विरुद्धको खोप नआउँदासम्म विद्यालय बन्द नै रहने भएका छन् । खोप नआउँदासम्म बालबालिकाहरु विद्यालयमा सुरक्षित हुन नसक्ने भएकाले अहिले नै विद्यालयहरु खोल्न ठिक नहुने निश्कर्ष...

भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरस विरुद्धको खोप नआउँदासम्म विद्यालय बन्द नै रहने भएका छन् ।
खोप नआउँदासम्म बालबालिकाहरु विद्यालयमा सुरक्षित हुन नसक्ने भएकाले अहिले नै विद्यालयहरु खोल्न ठिक नहुने निश्कर्ष प्रदेश सरकारले निकालेको हो । दिल्ली प्रदेशका उप मुख्यमन्त्री तथा शिक्षा मन्त्री मनिष सिसोडियाले कोरोनाविरुद्धको खोप नआउँदै विद्यालय खोल्नु घातक हुने भएकाले विद्यालय खोल्ने निर्णय गर्न नसकिएको स्पष्ट पार्नुभयो ।

भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा गत मार्च १६ देखि सबै विद्यालयहरु बन्द नै रहेका छन् ।

प्रकाशित मिति १२ मंसिर २०७७, शुक्रबार ०८:१८
प्रतिक्रियाहरू