रुसले बनाएको कोरोना खोपको प्रभावकारिता ९५ प्रतिशत, प्रमाण सहित हेर्नुहोस्…

रुसले बनाएको कोरोना खोपको प्रभावकारिता ९५ प्रतिशत, प्रमाण सहित हेर्नुहोस्…

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर ११ गते बिहिबार ०५:३१

रुसले विकास गरेको कोभिड १९ विरुद्धको खोपको ९५ प्रतिशत प्रभावकारिता हुने बताइएको छ । रुसको स्पुटनिक खोपको क्लिनिकल परीक्षणको दोस्रो अन्तरिम विश्लेषणका आधारमा मंगलबार विज्ञहरुले यस्तो दावी गरेका हुन् । रुसले उक्त खोपलाई अन्तर्राष्ट्रिय...

रुसले विकास गरेको कोभिड १९ विरुद्धको खोपको ९५ प्रतिशत प्रभावकारिता हुने बताइएको छ ।
रुसको स्पुटनिक खोपको क्लिनिकल परीक्षणको दोस्रो अन्तरिम विश्लेषणका आधारमा मंगलबार विज्ञहरुले यस्तो दावी गरेका हुन् । रुसले उक्त खोपलाई अन्तर्राष्ट्रिय बजारमा प्रति डोज ८ दशमलब ४० यूरो भन्दा थोरै मुल्यमा दुई डोजका दरले उपलब्ध गराउने जनाएको छ । तर रुसी नागरिकका लागि भने निशुल्क खोप वितरण गरिने बताइएको छ ।

साथै यो खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा स्टोर हुने पनि बताइएको छ । रुसी स्वास्थ्य मन्त्रालयका अनुसार उक्त खोपको प्रभावकारिता मापन पहिलो डोजपछिको ४२ दिनमा प्राप्त प्रारम्भिक डाटाको आधारमा थियो ।

सरकारले विज्ञप्ति निकाल्दै यसबारे जानकारी दिएको हो । सुरुमा पहिलो डोजको २८ दिनपछि ३९ वटा केसमा गरिएको अनुसन्धानबाट ९१ दशमलब ४ प्रतिशत प्रभावकारिता मापन गरिएको थियो । तर दोस्रो डोजको ४२ दिनपछि भने खोपले ९५ प्रतिशत प्रभावकारिता देखाएको बताइन्छ ।

प्रकाशित मिति ११ मंसिर २०७७, बिहीबार १७:३१
प्रतिक्रियाहरू