उपत्यकामा थप ७८५ मा देखियाे काेराेना संक्रमण

उपत्यकामा  थप ७८५ मा देखियाे काेराेना संक्रमण

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर ११ गते बिहिबार ०५:०८

काठमाडौँ उपत्यकामा आज ७८५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौँ उपत्यकामा ३३७ महिला र ४४८ पुरुष गरि ७८५ जना संक्रमित भएका हुन् । त्यस्तै काठमाडौँमा ६२०, भक्तपुरमा ५१ र ललितपुरमा ११४ संक्रमित थपिएका...

काठमाडौँ उपत्यकामा आज ७८५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौँ उपत्यकामा ३३७ महिला र ४४८ पुरुष गरि ७८५ जना संक्रमित भएका हुन् । त्यस्तै काठमाडौँमा ६२०, भक्तपुरमा ५१ र ललितपुरमा ११४ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार अहिले काठमाडौँमा ७ हजार ६४४ सक्रिय संक्रमित रहेका छन् भने भक्तपुरमा ५८९ र ललितपुरमा १४ सय ९४ सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै अहिलेसम्म काठमाडौँ जिल्लाका ७७ हजार ७८९ जना संक्रमण मुक्त भएका छन् भने भक्तपुरका ७ हजार ४८ र ललितपुरका ११ हजार २१४ जना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै अहिलेसम्म काठमाडौँ जिल्लामा ३३९ कोरोना संक्रमितको मृत्यु भएको छ भने भक्तपुरका ८९ जना र ललितपुरका ९६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

अहिलेसम्म काठमाडौँमा कुल ८५ हजार ७७२ जना संक्रमित भएका छन् भने भक्तपुरका ७ हजार ७२६ र ललितपुरका १२ हजार ८०४ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति ११ मंसिर २०७७, बिहीबार १७:०८
प्रतिक्रियाहरू
बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते

बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते
२०७७ मङ्सिर २८ गते अाईतबार ०६:५०

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु
२०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:४१

टिकटकमा एकैदिनमा भाइरल भए  ओली

टिकटकमा एकैदिनमा भाइरल भए ओली
२०७७ मङ्सिर १५ गते सोमबार ०५:४४