गजल – धिरज स्मृतिपवन

गजल – धिरज स्मृतिपवन

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर ११ गते बिहिबार ०३:५१

सरकारलाई मार्सी लाग्यो होलिवाईन लाग्यो जनतालाई काल लाग्यो क्वारेन्टाइन लाग्यो मेरै हजुरबुबाले बनाएका हुन यि गजुरहरू "मन्दिर" छुदाँ मलाई नैे अाज फाइन लाग्यो कोरोना पोजेटिभहरूलाई घर-घरमा पठाएर कागजपत्रमा उपचार गरेको साइन लाग्यो। न्याय...

सरकारलाई मार्सी लाग्यो होलिवाईन लाग्यो
जनतालाई काल लाग्यो क्वारेन्टाइन लाग्यो

मेरै हजुरबुबाले बनाएका हुन यि गजुरहरू
“मन्दिर” छुदाँ मलाई नैे अाज फाइन लाग्यो

कोरोना पोजेटिभहरूलाई घर-घरमा पठाएर
कागजपत्रमा उपचार गरेको साइन लाग्यो।

न्याय लागेको छैन् बलात्कृत बहिनिको घाउमा
केवल कारागारमा दोषीहरूको लाइन लाग्यो

सरकार,समृद्ध समाज भनेर कसरी पुकारिस्
बेथिति देखेर साधुको त्रिशुलमा पाइन लाग्यो

सगरमाथा साहित्यकाे कलमको आवाज युद्धमा प्रकाशित भएको गजल

प्रकाशित मिति ११ मंसिर २०७७, बिहीबार १५:५१
प्रतिक्रियाहरू