गजल – तिलक भट्टराई “अन्जान”

गजल – तिलक भट्टराई “अन्जान”

तिलक भट्टराई "अन्जान"

@Mayur Times

२०७७ मङ्सिर ११ गते बिहिबार ०३:४६

शिक्षित युवा बैदेशिक रोजगारमा भेटिन्छन् औंठाछाप र बुढाखाडा सरकारमा भेटिन्छन् । याद गर्नुस् हजुर जस्ले केही माखो मार्दैनन् तिनीहरु नै हमेसा हतारमा भेटिन्छन् । जस्लाई बिश्वाश गरेर मुटु माझ राखिन्छ अफ्ठेरो पर्दा...

शिक्षित युवा बैदेशिक रोजगारमा भेटिन्छन्
औंठाछाप र बुढाखाडा सरकारमा भेटिन्छन् ।

याद गर्नुस् हजुर जस्ले केही माखो मार्दैनन्
तिनीहरु नै हमेसा हतारमा भेटिन्छन् ।

जस्लाई बिश्वाश गरेर मुटु माझ राखिन्छ
अफ्ठेरो पर्दा तिनै फरक बिचारमा भेटिन्छन् ।

जनताका खुन चुस्न पल्केका खरीजुकाहरु
छ्याप्छ्याप्ती अड्डा अदालत भन्सारमा भेटिन्छन्

गरिबी अन्त्य गर्ने नारा लिएर आए चुनाव जिते गए
भोट दिनेका तीनपुष्टे त्रिशुली किनारमा भेटिन्छन् ।

सगरमाथा साहित्यकाे कलमको आवाज युद्धमा प्रकाशित भएको गजल

प्रकाशित मिति ११ मंसिर २०७७, बिहीबार १५:४६
प्रतिक्रियाहरू