गजल -भूपि सरोवर

गजल -भूपि सरोवर

भूपि सरोवर

@Mayur Times

२०७७ मङ्सिर ११ गते बिहिबार ०३:२९

हिड्छु म मेरो देशलाई आँखामा राखेर । र यी मेरा आँखाहरू सिमानामा राखेर । हिजो छिमेकी सुटुक्क आएर गएको छ , विचार पानामा नजर नदिनालामा राखेर । देश समृद्ध कहिल्यै हुन् सक्दैन् महाशय , आफू सत्तामा देशलाई नारामा राखेर । छोरी, विश्वास...

हिड्छु म मेरो देशलाई आँखामा राखेर ।
र यी मेरा आँखाहरू सिमानामा राखेर ।

हिजो छिमेकी सुटुक्क आएर गएको छ ,
विचार पानामा नजर नदिनालामा राखेर ।

देश समृद्ध कहिल्यै हुन् सक्दैन् महाशय ,
आफू सत्तामा देशलाई नारामा राखेर ।

छोरी, विश्वास लाग्ने मान्छेबाटै खतरा छ
कहाँ हिडेकि जवानी जामामा राखेर ?

हिजो देशलाई रूखमा झुन्ड्याएर पछुतायौं
आज घाममा अनि हँसिया हथौड़ामा राखेर

सगरमाथा साहित्यकाे कलमको आवाज युद्धमा प्रकाशित भएको गजल

प्रकाशित मिति ११ मंसिर २०७७, बिहीबार १५:२९
प्रतिक्रियाहरू