फुटबलर म्याराडोनाको निधन

फुटबलर  म्याराडोनाको निधन

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर ११ गते बिहिबार ०७:५८

अर्जेन्टिनाका फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ ।म्याराडोनको निधन हृदयघातका कारण भएको जनाइएको छ । उनको निधन बुधबार भएको हो । मंगलबार उनको अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा...

अर्जेन्टिनाका फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ ।म्याराडोनको निधन हृदयघातका कारण भएको जनाइएको छ । उनको निधन बुधबार भएको हो । मंगलबार उनको अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो । सफल शल्यक्रियापछि म्याराडोना एक साता अस्पतालमै रहेर आराम गरेका थिए ।

म्याराडोनलाई सधैं सर्वश्रेष्ठ फुटबलरहरू मध्ये एक मानिन्छ । उनले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।अर्जेन्टिनी टोली जिम्नासिया ला प्लाटाको प्रशिक्षकका रुपमा रहेका उनले ३० अक्टोवरमा प्यात्रोनाटोविरुद्धको खेलमा ३–० को जित दिलाएका थिए ।

यसअघि म्याराडोना कोरोना भाइरसको कारण सेल्फ आइसोलेसनमा रहेका थिए । उनले आफ्नो ६०औं जन्म दिन समेत आइसोलेसनमा मनाएका थिए । उनको बडीगार्डलाई कोरोना देखिएपछि उनी सेल्फ आइसोलेसनमा बसेका थिए ।

प्रकाशित मिति ११ मंसिर २०७७, बिहीबार ०७:५८
प्रतिक्रियाहरू