विश्वभरमा कोरोना संक्रमित ६ करोड नाघे

विश्वभरमा  कोरोना संक्रमित  ६ करोड नाघे

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर ११ गते बिहिबार ०७:४४

विश्वका विभिन्न देशमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहको छ । कोरोना संक्रमणकै कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन् । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघेको...

विश्वका विभिन्न देशमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहको छ । कोरोना संक्रमणकै कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन् ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघेको छ।

पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ६ करोड २ लाख ३४ हजार २३ पुगेको हो। हालसम्म कोरोना संक्रमणबाट १४ लाख १८ हजार २ सय २४ जनाको मृत्यु भइसकेको छ भने ३ करोड ८४ लाख ७० हजार ४ सय १६ जना निको भइसकेका छन्।

प्रकाशित मिति ११ मंसिर २०७७, बिहीबार ०७:४४
प्रतिक्रियाहरू