डुम चाहिदैन,दमाई चाहिदैन कामी चाहिदैन
कसले भन्छ यो देशको लागि हामी चाहिदैन?
यतिबेला हामी बाँच्न चाहान्छौ,बचाउनोस्
बरु हाम्रो लासमा तपाइको सलामी चाहिदैन
नत्र भन्नैपर्छ, मुर्दाबाद!मुर्दाबाद!!मुर्दाबाद!!!
सरकार अग्रगामी चाहिन्छ पश्चगामी चाहिदैन
प्रेम गर्नोस्,मुटु नदुखाउनोस् , म तपाइकै हुँ
मन दामी बनाउनोस् मुहार दामी चाहिदैन
तिमी अमीर हौ, म फकिर हुँ , सत्य यही हो
जानुछ जाउ,प्रेमको नाममा बद्नामी चाहिदैन
सगरमाथा साहित्यकाे कलमको आवाज युद्धमा प्रकाशित भएको गजल
प्रकाशित मिति १० मंसिर २०७७, बुधबार ०८:३६