दिक्क छु सरकारको कामका चाल अनि तालबाट
यहाँ दिनहुँ बेचिएका छन चेलिहरु किन दलालबाट
छोराले पक्कै पनि बाँझो खेत बारी जोत्नेछ अब त
किनकी धेरै सिक्यो उस्ले पोहोरको अनिकालबाट
आज सम्बन्धको अन्त्य पो छुरा चलाएर भयो
हिजो सुरुवात भएको थियो मिठो बोलचालबाट
युवालाई पनि यो देश चलाउन दिनुहोस् नेता ज्यू
बृद्ध भएको बुझ्नुपर्छ तपाईले नि सेतै कपालबाट
हरेक पाइलामा सजग अनि सुरक्षित रहनुहोस्
सधैँ रुनुपर्छ फेरि क्षण भरको ख्याल ख्यालबाट
रामेछाप खाँडादेबि-2
सगरमाथा साहित्यकाे कलमको आवाज युद्धमा प्रकाशित भएको गजल
प्रकाशित मिति १० मंसिर २०७७, बुधबार ०८:२८