गजल – सौगात शाह

गजल – सौगात शाह

सौगात शाह

@Mayur Times

२०७७ मङ्सिर १० गते बुधबार ०८:११

सरकार,कुर्सी नढाल्नु भनेको बिस्वास रहिरहनु होइन, सम्झनुहोस,किन चोक बाट मुर्दाबादको नारा आयो ।

आज आकाशमा झलमल्ल जुन तारा आयो,
टुहुरालाइ यस्तो लाग्यो आफ्नो सहारा आयो

म आँखा भएर पनि हेर्न नसकेको मान्छे हु,
फेरि तिमिलाइ नियाल्नु पर्ने अभिभारा आयो ।

सरकार,कुर्सी नढाल्नु भनेको बिस्वास रहिरहनु होइन,
सम्झनुहोस,किन चोक बाट मुर्दाबादको नारा आयो ।

राजधानीमा सिटामोल नपाएर,मर्ने डर कम तोकियो
महोदय,सुदुर र कर्णालिमा मृत्युको इशारा आयो ।

राम्रो नजरले हेरे,हरकुरा राम्रै बनिदिन्छ हेर्नुहोस
कवाडवाला लाई नौलो बन्यो,तपाइको खटारा आयो ।

सगरमाथा साहित्यकाे कलमको आवाज युद्धमा प्रकाशित भएको गजल

प्रकाशित मिति १० मंसिर २०७७, बुधबार ०८:११
प्रतिक्रियाहरू
गजलकार निम्बाका दुई गजल

गजलकार निम्बाका दुई गजल
२०७७ माघ ८ गते बिहिबार ०६:४४

स्मृतिमा कर्णाली गजल उत्सव

स्मृतिमा कर्णाली गजल उत्सव
२०७७ माघ ८ गते बिहिबार ०३:२१

गजलमा भोक बोल्ने गजलकार कुन्दन

गजलमा भोक बोल्ने गजलकार कुन्दन
२०७७ माघ ६ गते मङ्गलबार ११:११

चुनौंतीको गर्भमा लुकेको अवसर।

चुनौंतीको गर्भमा लुकेको अवसर।
२०७७ माघ ४ गते अाईतबार ०३:०८