” अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन साहित्यको जगेर्ना सगरमाथाको अभियान भन्ने मुल नाराका साथ स्थापना गरिएको सगरमाथा साहित्यले यतिबेला विश्वव्यापी गजल अभियान शुरु गरेको छ । मिति २०७७ मंसिर १० गतेदेखि शुरु भएको अभियान करिव एक महिना ( पुस १०) गतेसम्म चल्नेछ ।
उक्त बृहत गजल प्रकाशनको कार्यक्रममा विश्वभरिका देशभक्त गजलकारहरुको सहभागीता रहने अनुमान गरिएको छ । कार्यक्रममा भ्रष्टाचार ,घुसखोरी,बलात्कार,जातीय विभेद ,सरकारको गैरजिम्मेवापूर्ण अभिव्यक्ति बिरुद्ध गजल द्वारा खबरदारी गरि समृद्ध र विकसित नेपालीका लागि आवाजहरु बुलन्द होउन् भन्ने उदेश्य उक्त कार्यक्रमको रहेकोे छ । कार्यक्रम धरानकी नारी गजलकार सपना लोहरुङ् राईको संयोजकत्वमा सम्पन्न हुनेछ ।साथै कार्यक्रममा अध्यक्ष साहित्यप्रेमी यमराज खड्का ,प्रमुख सम्पादक सावित्रा खत्री नितु को पनि बिशेष भुमिका रहनेछ।कार्यक्रम अर्थपूर्ण र सन्देशमुलक हुनेछ भन्ने अपेक्षा राखिएको छ।
प्रकाशित मिति १० मंसिर २०७७, बुधबार ०७:२८