काेराेनाबाट थप २४ काे मृत्यु

काेराेनाबाट थप २४ काे मृत्यु

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर ९ गते मङ्गलबार ०७:०५

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको सङ्ख्या एक हजार ३६१ पुगेको छ । देशभर मंगलबार थप सत्र सय नब्बे जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित...

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको सङ्ख्या एक हजार ३६१ पुगेको छ ।

देशभर मंगलबार थप सत्र सय नब्बे जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक हजार ६९ पुरुष र ७२१ महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या दुई लाख २४ हजार ७८ पुगेको छ । थप १० हजार ८४३ को पिसिआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख चार हजार ५८ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७९१ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार ८५९ सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति ९ मंसिर २०७७, मंगलवार १९:०५
प्रतिक्रियाहरू
बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते

बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते
२०७७ मङ्सिर २८ गते अाईतबार ०६:५०

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु
२०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:४१

टिकटकमा एकैदिनमा भाइरल भए  ओली

टिकटकमा एकैदिनमा भाइरल भए ओली
२०७७ मङ्सिर १५ गते सोमबार ०५:४४