गजल – निश्चल संगम

गजल – निश्चल संगम

निश्चल संगम

@Nishchal Sangm

२०७७ मङ्सिर ९ गते मङ्गलबार ०२:१३

जब घरको आगनमा बुद्धको आगमन भएछ घर, घर जस्तो रहेन मन्दिर बनाईदियो

बन्न मन थिएन हेर आखिर बनाईदियो
समय अनुसार मलाइ मुसाफिर बनाईदियो

मालिक गह्रुङ्गो सामान उठाउन सक्दिन
भगवानले पनि मासुको शरिर बनाईदियो

जब घरको आगनमा बुद्धको आगमन भएछ
घर, घर जस्तो रहेन मन्दिर बनाईदियो

न झुकाउन सक्छु न ठाडो पारेर हिड्न
अचम्म लाग्छ खै कस्ले यो शिर बनाईदियो

जिन्दगी जिन्दगी जस्तो छैन दु:ख लाग्छ
वैशाखी किनेकै दिन फकिर बनाईदियो

कैलाली

 

प्रकाशित मिति ९ मंसिर २०७७, मंगलवार १४:१३
प्रतिक्रियाहरू