कृषि

नेपालमा आधुनिक कृषि र यसका फाइदा बेफाइदाहरु

नेपालमा आधुनिक कृषि र यसका फाइदा बेफाइदाहरु

सन्तमाया बुढा मगर

@Santamaya Budha Magar

२०७७ साउन २५ गते अाईतबार १०:१०

परम्परागत किसिमले उत्पादन गरिएका खाद्यवस्तुका तुलनामा आधुनिक प्रणालीबाट उत्पादित खाद्यवस्तुको पौष्टिकता कम हुन्छ । रासायनिक मल तथा कीटनाशक विषादीका कारण उत्पन्न यस्ता समस्याहरूले जमिनको उत्पादन शक्ति र उपभोक्ताको स्वास्थमा दीर्घकालीन असर गर्दछ । कतिपय रासायनिक मलहरूले पर्यावरण चक्रमा समेत अवरोध सृजना गर्छन् । त्यसबाहेक, जैविक प्रविधिको विकासले बिउबिजनको उत्पादन तथा विकासमा योगदान पु¥याएको हुँदा मकै, धान, गहुँजस्ता खाद्यान्नहरूको उत्पादन बढेको छ ।

द्रूत र प्रभावकारी सिँचाइ, बाली भित्र्याउने प्रक्रिया, उपकरणहरूको सञ्चालन तथा भण्डारणका उपयुक्त माध्यम र बजारसम्मको सुलभ पहुँच आधुनिक खेती प्रणालीका विशेषताहरू हुन् ।

आजकल अन्न तथा तरकारीजन्य कृषि प्रणालीमा आधुनिक प्रविधि तथा सूचना प्रणालीको प्रयोग गर्न थालिएको छ । आधुनिक खेती प्रणालीले कृषियोग्य भूमिको उत्पादकत्व बढाएको छ । आधुनिक प्रणाली अन्तर्गत आधुनिक मेसिन तथा प्रविधिको प्रयोग गरिने हुँदा यसबाट भूक्षयमा कमी, खडेरी, किरा लाग्ने, विभिन्न रोग लाग्ने र अन्य हानी नोक्सानी हुनबाट जोगाउनुका साथै जमिनको उत्पादकत्व बढाउन मदत पुगेको छ । बालीनाली तथा पशुपालनसम्बन्धी आधुनिक तथा उन्नत प्रजनन प्रक्रियाको प्रयोग गर्नाले उत्पादन, गुणस्तर र विश्वसनीयतामा वृद्धि गर्दछ ।

द्रूत र प्रभावकारी सिँचाइ, बाली भित्र्याउने प्रक्रिया, उपकरणहरूको सञ्चालन तथा भण्डारणका उपयुक्त माध्यम र बजारसम्मको सुलभ पहुँच आधुनिक खेती प्रणालीका विशेषताहरू हुन् ।

आज विश्वमा कृषिलाई प्राथमिकता दिइनुको कारण जीवन यापनका लागि कृषिको अपरिहार्यता मात्र नभएर दिगोपनामा यसको महत्व भएकाले पनि हो । एकातिर उत्पादनको परिणाको कुरा छ भने अर्कातिर नयाँ नयाँ कृषिजन्य उत्पादनको गुणात्मकताको प्रश्न छ । उन्नत बिउबिजन, कीटनाशक विषादी तथा रासायनिक मलको उत्पादनमा वैज्ञानिक तथा आधुनिक प्रविधिको प्रयोग गरिएका कारण कृषिको उत्पादकत्व बढेको छ जुन आफैंमा राम्रो कुरा हो ।

परम्परागत किसिमले उत्पादन गरिएका खाद्यवस्तुका तुलनामा आधुनिक प्रणालीबाट उत्पादित खाद्यवस्तुको पौष्टिकता कम हुन्छ । रासायनिक मल तथा कीटनाशक विषादीका कारण उत्पन्न यस्ता समस्याहरूले जमिनको उत्पादन शक्ति र उपभोक्ताको स्वास्थमा दीर्घकालीन असर गर्दछ । कतिपय रासायनिक मलहरूले पर्यावरण चक्रमा समेत अवरोध सृजना गर्छन् । त्यसबाहेक, जैविक प्रविधिको विकासले बिउबिजनको उत्पादन तथा विकासमा योगदान पु¥याएको हुँदा मकै, धान, गहुँजस्ता खाद्यान्नहरूको उत्पादन बढेको छ ।

आधुनिक खेतीका धेरै फाइदाहरू रहेका छन् । उत्पादन छिटो हुने हुँदा कृषकहरूलाई लाभान्वित हुन्छन् । कीटनाशन, झारनाशक, ढुसीनाशक विषादी तथा जीव९प्राविधिक उत्पादनहरूका सहायताले बालीनालीको संरक्षण गरिने हुँदा हजारौंको सङ्ख्यामा झारपात, हानीकारक किरा तथा हानीकारक रोगहरूलाई नियन्त्रण गर्न सकिन्छ । अत्यधिक उत्पादनका लागि माटाको परीक्षण गरी कस्तो बिउबिजनको प्रयोग गर्ने र कसरी उत्पादन बढाउने भन्ने कुराको निक्र्यौल गरी जमिनका लागि आवश्यक पोषण तत्वको प्रयोग गर्न सकिन्छ । कृषिजन्य वस्तुमा लगानी तथा उत्पादनको हिसाब किताब राख्नका लागि वैज्ञानिक तथ्याङ्क र आधुनिक प्रविधिको प्रयोग गर्न सकिन्छ । भण्डारण तथा यातायातका लागि आधुनिक प्रविधिको प्रयोग गरिने हुँदा क्षति कम हुन्छ । जमिन जोत्न, सम्याउन, केलाउन, भित्र्याउन, विषादी छर्न र सिँचाइ गर्न आधुनिक यन्त्रहरूको प्रयोग गरिने हुँदा श्रमशक्ति कम लाग्दछ ।

हरेक कुराहरको फाइदा पछाडि धेरै बेफाइदहरु हुन्छन् । त्यसरी नै आधुनिक खेतीका पनि केही बेफाइदाहरु रहेका छन् । जस्तो कि रासायनिक मल तथा कीटाणुनाशक विषादीले प्रयोगकर्ताको स्वास्थ्यमा प्रतिकूल असर पु¥याउँछ । रासायनिक मल तथा विषादीको अव्यवस्थित प्रयोग गर्नाले मित्रजीवहरुमा नोक्सान पु¥याउँछ । कतिपय जङ्गली जीवजन्तुहरूको प्राकृतिक वासस्थानमा असन्तुलन पैदा गर्नुका साथै भूक्षयको कारण बन्दछ । वातावरण प्रदुषण तथा हरितगृह ग्यास उत्पादनमा कृषि क्षेत्रको पनि ठूलो यागदान रहेको हुन्छ । जस्तै कृषि क्षेत्रबाट हरितगृह ग्यास उत्पादनमा १३.५ प्रतिशत रहेको हुन्छ जुन आधुनिकताले भित्र्याइको समस्या हो भन्द दुईमत हुदैन् ।

नेपालमा कृषिको विकासका लागि आधुनिक खेती प्रणाली लागु गरिएको छ । विगतमा किसानहरू धेरै मेहनत गरेर पनि आफ्नो जीवनस्तरमा सुधार गर्न नसकेका कारण दयनीय जीवन बाँच्ने गर्दथे । नेपाली किसानहरूले पनि उत्पादनबढाउनका लागि रासायनिक मलखाद तथा कीटाणु नाशक विषादीको प्रयोग गर्न थालेका छन्। तैपनि, नेपालमा अझै यस्ता ठाउँहरू छन जहाँ यातायातको सुविधा नभएका कारण रासायनिक वस्तुहरू पु¥याउन सकिएको छैन । तसर्थ, यस्ता ठाउँहरूमा अजैविक कृषि उत्पादन अभ्यासका बेफाइदा र हानी नोक्सानीबारे सचेतना कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।
अजैविक कृषि प्रणाली अपनाउँदा जमिनको उत्पादकत्वमा ह्रास आउनुका साथै उत्पादित खाद्यान्न समेत दूषित हुन्छ । रासायनिक मलको प्रयोगले उत्पादन त बढ्छ तर खाद्यान्नको गुणात्मकता घट्नुका साथै यसले प्रदान गर्ने पोषक तत्वमा पनि कमी आउँछ । त्यसैगरी खेतीपातीमा प्रयोग हुने रासायनिक पदार्थले हामीले दैनिक उपभोग गर्ने खाद्यान्नको गुणस्तरीयता घटाउँछ ।

रासायनिक मल तथा कीटनाशक विषादी सबै खाले कृषिजन्य उत्पादनहरू दूषित तथा अस्वस्थकर बन्दै गएका छन् । यसका साथै यस्ता खालका रासायनिक तत्वहरूको प्रयोग गर्दा पर्यावरण समेत असन्तुलित बन्न पुग्दछ । मौसम परिवर्तन तथा विश्वव्यापी तापमानमा यसले प्रत्यक्ष प्रभाव पार्दछ । जैविक खाद्यपदार्थहरू बढी स्वस्थकर, कम प्रदूषित र प्राकृतिक हुन्छ । तर गुणस्तरीय हुने हुँदा जैविक उत्पादनहरू केही महङ्गो हुन्छन् ।
अचेल कृषि बजारतिर पस्दा राम्रा काँचै खाऊखाऊ लाग्ने तरकारी फलफुल भन्दा किरा लागेको तरकारी फलफुल किन्ने मानिसहरूको जमात निकै देख्न सकिन्छ । आफ्नो गाउँ छोडेर शहरमा पसी मानिसहरको विषादी प्रयोग गरिएको कृषि उपजको बारेमा गुनासो गर्ने जमातलाई विषादी राखिएको तरकारी होइन् विष दिनुपर्छु भन्ने एक थरि मान्छेहरुको जमात पनि देख्न पाइन्छ ।

अन्तमा कृषिमा आधुनिकता भित्र्याउनु पर्छ भन्दैमा रासायनिक मल, विषदी तथा विरुवावद्धक हर्मोनहरु प्रयोग गर्नु राम्रो होइन् । यी कुराहरुको प्रयाग गर्नुपुव वातावरणलाई पनि ख्याल गरौँ ताकी एक दशकको फाइदाले कालान्तरका असर नपारोस् । साथमा गरुङ्गो तथा हानिकारक ग्यासहरु निकाल्ने यन्त्र उपकरणलाई प्रतिस्थापन गर्ने खालका उपकरणहरु प्रयोग गर्नुपर्दछ । यस विषयमा सरकार तथा गैरसरकारको ध्यान जानु नितान्त आवश्यक रहेको म थान्दछु । कृषिलाई आधुनिकता ल्याउनुपर्छ भन्दै वातावरणलाई सिध्याउने काम नगर्न म आग्रह गर्न चाहान् ।

प्रकाशित मिति २५ श्रावण २०७७, आईतवार १०:१०
प्रतिक्रियाहरू