लाग्छ उ प्रेममा छे :- हरिश जोशी

लाग्छ उ प्रेममा छे :- हरिश जोशी

हरिश जोशी

@Mayur Times

२०७७ मङ्सिर ९ गते मङ्गलबार ०९:०९

यदि कुनै मान्छे स्वार्थी हुन्छ, अधैर्य हुन्छ र अलिकति कमजोर हुन्छ, गल्तीहरू गर्छ, आफ्नो नियन्त्रणबाहिर हुन्छ र कहिलेकाही आफैँलाई सम्हाल्न सक्दैन भने तपाई बुझ्नुस कि उ प्रेममा छ।

उनले तपाईंलाई खुसी तुल्याउँछिन्, हाँसिदिनुस् । जब उनी छैनन्, सम्झिदिनुस् ।’ सानो सानो हाँसोमा हांस्न सकिएन भएन प्रेमको अन्त्य नै हुन्

आखिर रहर कसको नहोला र बिहान बिहानै आमालाई सम्झने । एकाबिहानै कवियत्री बिजयिताको कविताले मेरि आमाको बयान गरेजस्तो लाग्यो । विश्वविद्यालय भन्नेबित्तिकै उहाँको कविताले आमा सम्झाउँछ मलाई बिशाल देशहरुभन्दा पनि विशाल यो संसारमा कोहि छन भने ती आमा हुन लाग्छ, बाँकी यो कविताले बयान गर्छ आमाको

विश्वबिद्यालय
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
संसारको ठूलो विश्वबिद्यालय कहाँ छ??
झस्किँए
मन र मस्तिष्क विकासले
फुलझै फुलेको देशहरु तिर लम्किए

सम्झिँए
संसारले बोक्न नसक्ने प्रेम मुटुमा बोकेर हिडिरहेको
बिध्यालय
अरुका लागि बाँचिरहेका शिक्षक
अँध्यारोमा रहेर उज्यालो बाँड्ने कालोपाटि
चकले गरेको हरेक गल्तिहरु सहज मेटाउने डस्टर
साँझ बिहान दिन रात
पालेजस्तै मेहनत गरिरहने
बिधार्थि
साउ ब्याजको आशै नराखि
करोडौंको ऋण निस्वार्थ दिने पुस्तकालय

र अन्त्यमा उत्तर दिँए
संसारको सब‌ै भन्दा ठूलो विश्वबिद्यालय
मेरी आमा हुन् ।।।

म यो सुन्दै गर्दा बिजयिताले लेखेको एउटा अर्को कविताको अंश आफ्नो मानसपटलमा खेलाउँछु,
आमा हजुर जुन हो र? भनेको उक्त अंशले बहुत रसाउंछन आँखा, सन्तानको अफ्ट्यारोमा छट्पटाउने आमालाइ बादलभित्र भएको जुन सँग तुलना गरेकी छिन कवियत्रीले यो अंशमा भने…

आमा हजुर जून हो र ???

होईन भने नि आमा
म हरेक रात धर्तीको पछौरी समाएर
टोलाईरदा जूनको नजिकैको तारा
खस्छ
अनि त लाग्छ आमा हजुरले
आशिर्वाद दिए जस्तै
ग्रहण लागेको रात
म जस्तै हजुर नि मलाई देख्न
लाग्छ
छट्पटाएको झै।

यदि कुनै मान्छे स्वार्थी हुन्छ, अधैर्य हुन्छ र अलिकति कमजोर हुन्छ, गल्तीहरू गर्छ, आफ्नो नियन्त्रणबाहिर हुन्छ र कहिलेकाही आफैँलाई सम्हाल्न सक्दैन भने तपाई बुझ्नुस कि उ प्रेममा छ । मलाई प्रेम कहिल्यै बिपरित हुन्छ लागेको थिएन, कवियत्री बिजयिताको बिपरित प्रेम भन्ने कविता पढेपछि भने प्रेम साच्चै वाहियात हो कि जस्तो पनि लाग्यो तर परिस्थिति पनि कहिलेकाही त्यस्तै हुन्छ जो भोग्नै पर्छ कवितामा भनेजस्तै
प्रेम वृक्ष र शिशिर जस्तै छ
म माया गर्छु
उ घृणा गर्छे
यहि प्रेमका कुरा गर्दा निकै सम्झने के एक वाक्य छ
“प्रेम हावा जस्तै हो । यसलाई देख्न सकिदैन, केबल महसुस गर्न सकिन्छ।”
बाँकी कवितामा
विपरीत प्रेम

म माया गर्छु
उ घृणा गर्छे
म पलपल उसलाई सोच्छु
उ भने अर्कै खोज्छे
मलाई रातो मन पर्छ भन्दा
उ सेतो म पर्छ भन्छे
म पुर्व सोच्छु
उ पश्चिम रोज्छे
हाम्रो प्रेम
चुम्बकको दुई धुर्ब जस्तै छ
म माया गर्छु
उ घृणा गर्छे
?
म यथार्थको कुरा गर्छु
उ आदर्शमा रम्छे
म पागल जस्तै एक्लै बोलिरहदा
उ मौनतामा रम्छे
हाम्रो प्रेम
विशाल पर्खालले छेकेको
कहिले सगै नहुने
दुई आखाको नानी जस्तै छ
म माया गर्छु
उ घृणा गर्छे

म भावनाको गीत सुनाउछु
उ कल्पनाको धुन गुनगुनाउछे
म माया गर्छु भन्दा
म छोडी जान्छु भन्छे
म जतिजति नजिक जान्छु
उ तेतितेति टाढा जान्छे
हाम्रो प्रेम
कहिले भेट हुन नसक्ने
घाम र जुन जस्तै छ
म माया गर्छु
उ घृणा गर्छे

म प्रेमलाई फुल सँग तुलना गर्छु
उ काडा सँग तौलिदिन्छे
मैले मायाको आख्यान बनाउदा
उसले धोका बिछोडको बख्यान बनाउछे
हाम्रो प्रेम सगै रहेर पनि सगै हुन नसक्ने नदि
दुई किनार जस्तै छ
म माया गर्छु
उ घृणा गर्छु

मैले आकाश र धर्तीको सम्बध देखाउदा
ऊ आकाश र पातल देखाउछे
हाम्रो प्रेम वृक्ष र शिशिर जस्तै छ
म माया गर्छु
उ घृणा गर्छे

आउनुस एकछिन प्रेमकै कुरा गरम प्रेमकै कविता पढम,
‘तपाईं उनको पहिलो, अन्तिम वा एकमात्र (प्रेमी) नहुन सक्नुहुन्छ । उनले यसअघि कसैलाई प्रेम गरेकी हुनसक्छिन र भविष्यमा पनि कसैलाई गर्न सक्छिन् । यदि वर्तमानमा उनले तपाईंलाई प्रेम गर्छिन् भने अरू कुराले के अर्थ राख्छ ? प्रत्येकक्षण उनले तपाईंलाई नसम्झिन सक्छिन्, तर उनले आफ्नो शरीरको एउटा हिस्सा, हृदय, तपाईंलाई दिन्छिन्, जून उनलाई थाहा छ कि तपाईंले तोड्न सक्नुहुन्छ । त्यसैले उनलाई दु:खी नबनाउनुस्, उनको मूल्यांकन नगर्नुस्, उनीबाट बढी अपेक्षा पनि नगर्नुस् । जब उनले तपाईंलाई खुसी तुल्याउँछिन्, हाँसिदिनुस् । जब उनी छैनन्, सम्झिदिनुस् ।’
सानो सानो हाँसोमा हांस्न सकिएन भएन प्रेमको अन्त्य नै हुन्छ सायद मैले धेरै नबुझे पनि उहाँको कविताले घुमाउरो गरि यिनै कुराहरुको संकेत गरेको अनुभुती गरेँ मैले कविता प्रेमको समाधिबाट,

प्रेमको समाधि

आख्लै पछि पलाउने अविश्वासको
पालुवाहरु निमोठ्दै
सजीवता डराउदा निर्जीवता मुस्कुराए जस्तै
प्रेम गर्नु छ मलाई
समाधिको डिलमा बसेर

हेर्नुहोस
पीडामा रमाउने मैदानलाई
अनि जितको उत्सव मनाउने
मैदानको दुबोलाई
जाहा अमर प्रेमका
अनुभुतिहरु बहने गर्छन्
हावा सँग स्पर्शीत हुदै

घृणा र तिरस्कारका जराहरु भेटिने
यी भेगमा
प्रेमहरु कसरी मुस्कुराउने गर्छन्??
त्यो तिमीले सोच्न पनि सक्दैनौ
यी सभ्य मान्छेहरुले
सामानलाई जस्तै बिक्रीमा राखिदिन्छन्
अनि बजारमा किन्न जान्छन
प्रेमलाई

मैले जितेको प्रेमको जितमा
हारका गुनगुनाहट गुनगुनाई रहने
वरिपरिबाट निर्वस्त्र भमराहरु डुल्छन्

मेर‍ो हृदयको कुननाकाब्चामा डरले
ठडिएका पिरामिड पहाडहरु छन्

मस्तिष्कको नजिकको बक्षस्थलमा
आशाको सागरहरु छन्
जाहा
प्रेमको धुनहरु गुन्जिरहनछन्
भावनाका छहराहरु सँग उत्सव मनाउदै

अहिले प्रेमबाट सिनो गन्ध आउन थालेपछि
अस्तव्यस्त भएको छ प्रेम
लज्जित बनेको छन् प्रेमका फूलहरु
प्रेमले विकृत पार्दैछन्
प्रेमकै बस्ती

म घृणा पालिरहेछु
मन भित्र प्रेमको बिज राखेर
निसङ्कोच बोलिरहेछु
प्रेमलाई अपशब्द
र निषेध गरिदिएको छु मैले
प्रेमको षड्यन्त्रलाई
मेरो मनमा प्रवेश

तर मलाई असाध्यै मन पर्छ
यौवनको मादकता छर्दै
कोपिला फक्रिएको
मृत्युलाई सम्मेत स्वीकार्य नहुने
प्रेमको समाधि

बिश्वासमा विश्वास राख्न सकेन सजिवता हराउँछ साच्चै मन छोएको छ उनको कविताको पहिलो हरफले नै ।

यो शृस्टिमा स्वार्थ नबोकेको कुन चिज छ मलाई कोहि देखाइदेउ जिवनभर सँगै भएका लोग्ने स्वास्नी हुन वा आफ्नै आँखामा सजाएका कोहि प्रेमी/ प्रेमिका, प्रेमको मामिलामा हरकोही स्वार्थी हुन्छ, सँगै हुर्केका दुइटा फुल एक झर्यो भने अर्कोले उसको अस्तित्व बिर्सिन्छ यस्तै कुराको उठाएकी छिन कवियत्रीले मलाई बहुत मन परेको कविता पनि हो यो,


○अन्तिम प्रेम पत्र
—————————————————————–
छैन लेखेको
फूलेको फूलले
ओइलिएर झरेको फूललाई प्रेम पत्र
आधा बाटो साथ दिई छोडेर गएका नदिहरुले
बगरलाई प्रेम पत्र

तिमीले लेखे जस्तै
नाङ्गै बनाएर जाने पातहरुले
वृक्षलाई
पलपल मुटु सँग स्पर्श गर्ने हावाहरुले
स्वासप्रस्वास लाई
लेखेन प्रेम पत्र

किन हो नलेखेको कलमले
सकिएर / रितिएर
निस्वार्थ भर्ने कापीलाई
अन्तिम प्रेम पत्र

जुन ताराहरुलाई माया गर्ने
रातले कुनै बिहान लेखेन

घामले ओभानो अक्षरले दिनलाई कहिले लेखेन
तिमीले झै अन्तिम प्रेम पत्र
तिम्रो प्रेम
आकाश /धर्ती
हावा / पानी
दिन / रातको
भन्दा कयौं गुना फरक रहेछ

र त प्रेमको आगो बलेको छातिमा
परचक्री पाइलाहरुले थिचेर आमाको शिरमाथि
दोष थुपारि कसैले नलेखेको लेखेउ
अन्तिम प्रेम पत्र

बिजयिता भण्डारी पछिल्लो पुस्ताकी उम्दा कवियत्री हुन। निकै सरल भाषामा कविता लेख्ने उहाँको म हुँ नेपाली कविता संग्रह प्रकाशीत भैसकेको छ भने रास्ट्रीय तथा अन्तर्राष्ट्रिय स्तरका थुप्रै पुरस्कार समेत जितिसक्नुभएकी उहाँ बाहुनडाँगी झापाम बस्नुहुन्छ ।
धन्यवाद

प्रकाशित मिति ९ मंसिर २०७७, मंगलवार ०९:०९
प्रतिक्रियाहरू
गजलकार निम्बाका दुई गजल

गजलकार निम्बाका दुई गजल
२०७७ माघ ८ गते बिहिबार ०६:४४

स्मृतिमा कर्णाली गजल उत्सव

स्मृतिमा कर्णाली गजल उत्सव
२०७७ माघ ८ गते बिहिबार ०३:२१

गजलमा भोक बोल्ने गजलकार कुन्दन

गजलमा भोक बोल्ने गजलकार कुन्दन
२०७७ माघ ६ गते मङ्गलबार ११:११

चुनौंतीको गर्भमा लुकेको अवसर।

चुनौंतीको गर्भमा लुकेको अवसर।
२०७७ माघ ४ गते अाईतबार ०३:०८