काँग्रेसका १६१ जनाले दिए सामुहिक राजिनामा

काँग्रेसका १६१ जनाले दिए सामुहिक राजिनामा

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर ८ गते सोमबार ११:३७

विवादले उग्ररुप लिएपछि नेपाली काँग्रेस बैतडीका १६१ जना नेता र कार्यकर्ताले सामुहिक राजिनामा दिएका छन् । सुर्नया गाउँपालिका–५, का वडा सभापति जयबहादुर चन्द, वडा सचिव देवबहादुर महरा सहित नेपाली काँग्रेस जिल्ला कार्य समितिका सभापतिलाई...

सुर्नया गाउँपालिका विवाद

विवादले उग्ररुप लिएपछि नेपाली काँग्रेस बैतडीका १६१ जना नेता र कार्यकर्ताले सामुहिक राजिनामा दिएका छन् । सुर्नया गाउँपालिका–५, का वडा सभापति जयबहादुर चन्द, वडा सचिव देवबहादुर महरा सहित नेपाली काँग्रेस जिल्ला कार्य समितिका सभापतिलाई सम्बोधन गर्दै उनिहरुले सामुहिक राजिनामा दिएका हुन् ।
उक्त गाउँपालिकाका अध्यक्ष तथा ने काँ बैतडीका पार्टी सचिव समेत रहेका वीरबहादुर बिष्टले मन परीढंगले गाउँपालिकाको केन्द्र सारेको आरोप लगाएका छन । गाउँमा जातीयद्वेष फैलाएको आरोप लगाउँदै राजिनामा दिएको उल्लेख राजिनामा पत्रमा उल्लेख गरिएको छ ।

सुर्नया गाउँपालिकाको अस्थायी केन्द्र रहेको रौलेश्वरमा १५ रोपनी जग्गा दान गर्दा गर्दै पनि पबितामा रहेको विद्यालयलाई विस्थापित गरि त्यहाँ गाउँपालिका केन्द्र घोषणा गर्न खोज्दा स्थानीयले सर्वोच्च अदालतमा दिएको मुद्दा विचारधिन अवस्थामै रहेको बेला गाउँपालिका अध्यक्ष र एवं पार्टी सचिव वीरबहादुर बिष्टले जबरजस्ती गाउँपालिका केन्द्र सारेर समाजमा दंगा भड्काउने खोजेको उल्लेख छ ।

कात्तिक १५ गते जिल्ला कार्यसमितिमा पेश गरिएको संयुक्त राजिनामा पत्रको बोदार्थ पार्टी केन्द्रीय कार्यालय सानेपामा समेत पठाईएको तर, हालसम्म स्वीकृत नभएको वडा सचिव देवबहादुर महराले बताए । पार्टीको विवाद समाधान गर्न नेपाली काँग्रेस जिल्ला कार्यसमितिले पार्टी उप सभापति चतुरबहादुर चन्दको संयोजकत्वमा विवाद समाधान गर्न समिति गठन गरेको थियो । समितिले हालसम्म पनि विवाद समाधान गर्न सकेको छैन् ।

प्रकाशित मिति ८ मंसिर २०७७, सोमबार ११:३७
प्रतिक्रियाहरू