एक शशक्त साहित्यकारको खोजिमा छुँ
चोट दिएनि गनिगनी मुस्कुराइदिउंउला
सोचौंला मेरि माया हौ चाँदंनी मुस्कुराइदिउँला
तिमिले गोडमेल गरि हुर्काउँदा मुस्कुराँए
अब म तिमिले चुड्दा पनि मुस्कुराइदिउँला।
एकाबिहानै एउटा याद एउटा सम्झना यसरी आउँछ मनभरी चोट बोकेर पनि हाँस्नुपर्ने एक बाध्यता ओछ्यानमै छ, आफ्नो प्रेमलाइ कसले चाँदनी देख्दैन र आफ्नो मायालाइ कसले गौरी र अनमिका देख्दैन, कसले सीता देख्दैन र? यहि बिवशतामा अडिएको हुन्छ एक प्रेम अनि एक समन्ध, जब जब समन्धमा एकमा एक दुइमा दुई थपिदै जान्छ नि तब केही तिक्तता आएझै लाग्दोरहेछ, आफ्नै प्रेम बेवास्ता भएपछि यस्तो लाग्दोरहेछ नरुन नै पाइन्छ, नहाँस्न पाइन्छ। हरिश कान्छो जोशिका शेरहरुले मलाइ एकाबिहानै झस्कायो। अनि खोजी गरे उहाँका अन्य प्रेमिल शेरहरुको
जुनदिनदेखी यो जिन्दगीलाई प्यारमा राखियो
आँखा तिम्रो अधरमा पाउ तरबारमा राखियो।
सृष्टिमा भगवानले तिमिलाइ पठाएपछी
आकाशको जुनलाइ श्रिङ्गारमा राखियो ।
मान्छे जस्तोसुकै अवस्था आएपनी प्रेम गर्न छोड्दैन हरेकलाइ आफ्ना प्रेमि /प्रेमिका यो संसारमा सबै भन्दा राम्रो लाग्छन, सबैभन्दा उत्कृष्ट लाग्छन यो सृष्टिमा र उसँग हार खान्छन आकाशका जुन र ताराले पनि र आफ्नो प्रेम सबैभन्दा उच्च लाग्छ नै हैन र ? त्यही भाव व्यक्त गरेका छन गजलकार हरिश जोशिले उनले आफ्नी प्रेमिकालाइ यो संसारमा सबै भन्दा सुन्दर भनेर बयान गरेका छन ।
मलाई हररात यहि चिन्ताले सताउँछ
कुन दिन रोकिन्छ स्वास तिमिमा आएर।
यो शेर सुन्दै गर्दा मैले कुनै दिन कान्छोसँग भनेकि थिए, यतिसम्म सम्झिन पाइदैन है, उनले हाँस्दै भनेका थिए यो हिटलरको भन्दा कडा निर्देशन भयो ज्यान जाला तर म बिर्सन्न म आफ्नो मायालाइ अनि त्यही दिन देखि महसुस गरेकि थिए आखिर प्रेमिल शेर यतिसम्मका पनि हुँदारहेछन, उसैलाई सम्झिएर जिन्दगी सकिदिम, उसैलाई सम्झिएर जिन्दगीको समापन भैदेओस, यतिसम्म सोच्छन मान्छेहरुले/प्रेमिहरुले ।
सोच्छु तिमिलाइ दिलको कोठामा बन्धक बनाउ
यो मनले मनभित्रै अर्को दलाल बोकेर बसेको छ।
प्रेमिहरु कहिलेकसो कठोर बन्न खोज्छन तर उनको कठोरता झन नरम हुँदोरहेछ यो पनि मलाई कुनै दिन हरिश भाइले नै भन्नू भएको मैले कसरी भनेर भन्दा उहाँले भन्नुभएको थियो, दिदी तपाई मेरो यो गजल पढ्नुस र मुल्यांकन गर्नुस भनेर भनेका थिए हो त्यही दिनदेखी प्रेममा मानिस सबैभन्दा नरम हुन्छ भन्ने भान भएको थियो ।
दिलमा राख्न खोज्छु छातिमा सजाउछु
आफ्नै मान्छे जानी जानी ढुङ्गा जस्तै हुन्छ ।
म अनुमान गर्छुँ यो शेर उनले प्रेमिका रिसाउँदा लेखेका हुँन दिलमा राख्ने र छातिमा सजाउने मान्छे अरु कोहि हुनैसक्दैनन । मैले यो शेरमा यहि अनुमान गरे।
आँखा नभएर मस्तिष्क नभएर कान नभएरमात्र
प्रेम ठूलो अपराध हो अनुसन्धान नभएर मात्र ।
हरिश बिज्ञानका बिध्यार्थी हुन, एकदिन अनलाइन गजलरस कार्यक्रमको एक शृङ्खला सकेपछी मसँग कुरा हुँदै थियो मैले सोधे
आजकाल के गर्दै हो? खासमा ।
जवाफमा भने अनुसन्धान गर्दै नि
मैलै भने बैज्ञानिक बनिसकेछौ त
उनले फेरि भने
बिज्ञानको बिध्यार्थी हुँ अनुसन्धान गर्न नपाउने र मैले ?
ल ल के को अनुसन्धान भन्दा उनले माथिको शेर पठाएका थिए त्यही दिन भनेको थिएँ तिमी ठूलो साहित्यकार हो ।
यो कुरा उनले कहिल्यै स्विकारेनन उनले सधैं भन्छन मभन्दा धेरै माथी कोहि अरु छ जो पर्दामा नआएर मात्र। मैले सोधे उ को हो त?
मेरी प्रेमिका …
त्यहिदिन देखि हो मैले उनका प्रेमिल शेरहरुको खोजी गरेको पनि … म उनको प्रेमिकाको पनि खोजी गरिरहेकी छुँ, म उनकी प्रेमिकाको भन्दा पनि पर्दामा आउन नसकेकी एक सशक्त साहित्यकारको खोजी गरिरहेकी छुँ।
धेरै पटक मैले उनकी प्रेमिकाको बारेमा सोधे तर कहिल्यै भनेनन् उनले त्यसकारण पनि उनकि प्रेमिकाको निरन्तर खोजी गरिरहेकी छुँ, एक शशक्त साहित्यकारलाइ पर्दामा आएको हेर्ने ठूलो रहर राखेकी छुँ।
हरिश जोशि पेशाले शिक्षक हुन र पत्रकार पनि । पछिल्लो समय उनलाई धेरैले एक शशक्त गजलकार र नेपाली गजलका अभियन्ताका रुपमा चिन्छन, साथिहरुसँग निकै नजिक भएर बस्ने उहाँ सबैलाई समान ब्यवहार गर्छन हामी बदलिनुपर्छ भन्नुहुन्छ जहिल्यै उहाँ, केही फरक सोच बोकेका उहाँ केही फरक गर्न खोजिरहेका छन । नेपाली साहित्यमा सुशील र आत्मिय ब्याक्तित्व बोकेका उहाँलाई सफलताको शुभकामना …
प्रकाशित मिति ८ मंसिर २०७७, सोमबार ०९:५२