काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । काठमाडौंमा हाल रहेका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको हो ।
काठमाडौंमा काली पराजुली आउनुभएको छ, भने भक्तपुरमा प्रेम भट्टराई जानुभएको छ । काठमाडौका नयाँ सीडीओ पराजुली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत हुनुहुन्थ्यो ।
त्यस्तै, भक्तपुरका सीडीओ भट्टराई धनुषामा प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो । धनुषामा भट्टराईको ठाउँमा बन्धु बाँस्तोलालाई पठाइएको गृह मन्त्रालयले जनाएको छ ।
newa 24
प्रकाशित मिति ८ मंसिर २०७७, सोमबार ०९:४६