बिबिसीले भनेको छ आउने डिसेम्बर ११ तारिखदेखी अमेरिकाले आफ्ना नागरिकहरुलाइ कोरोना खोप दिमे भनेको छ । कोरोना भाइरसको भ्याक्सिन सम्बन्धी अमेरिकाका कार्यक्रम प्रमुख डाक्टर मोनसेफ सलोइले ।खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति मिलेको २४ घण्टाभित्र खोप दिन सुरु गरिने जानकारी दिए।
अमेरिकामा कोेरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढिरहेको अवस्थामा डाक्टर सलोइको यो भनाइ सार्बजनिक हो। अमेरिका कोरोना सङ्क्रमितको पहिलो नम्बरमा रहेको छ। अमेरिकामा अहिलेसम्म एक करोड २५ लाखभन्दा धेरै मानिस सङ्क्रमित भइसकेका छन।
औषधि निर्माता कम्पनी फाइजर र उसको सहयोगी बायोटेकले अमेरिकामा कोभिड–१९ खोपको आपतकालीन प्रयोगका लागि अनुमति लिन गएको शुक्रबार आवेदन दिएको छ। अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए) ले यस कम्पनीको खोप सुरक्षित छ या छैन भनेर निर्धारण गर्नेछ ।
यसका लागि एफडीएलाई कति समय लाग्ने भन्ने बारेमा यकिन भइसकेको छैन। यसअघि यो खोपको परीक्षणको क्रममा ६५ वर्षभन्दामाथिको उमेर समूहका ९४ प्रतिशतमा प्रभावकारी देखिएको थियो। यस खोपको परीक्षणमा विश्वभर ४१ हजार जना सहभागी भएका थिए।
प्रकाशित मिति ८ मंसिर २०७७, सोमबार ०७:१३