सुरेश लामा नेपाल स्टारको टप १४ मा , मलेसियादेखि नेपाल स्टारसम्म….

सुरेश लामा नेपाल स्टारको टप १४ मा , मलेसियादेखि नेपाल स्टारसम्म….

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर ८ गते सोमबार ०६:५२

काठमाडाैँ : नेपाली मौलिक गायन रियालिटी शो ‘नेपाल स्टारकाे टप १४ मा पग्ने प्रतिस्पर्धीहरूकाे टुङ्गाे लागेकाे छ । विभिन्न चरणहरू पार गर्दै टप १८ मा पर्न सफल प्रतियाेगीहरुबाट दर्शककाे भाेट र निर्णायककाे मुल्याङ्कनका आधारमा शुक्रबार...

काठमाडाैँ : नेपाली मौलिक गायन रियालिटी शो ‘नेपाल स्टारकाे टप १४ मा पग्ने प्रतिस्पर्धीहरूकाे टुङ्गाे लागेकाे छ । विभिन्न चरणहरू पार गर्दै टप १८ मा पर्न सफल प्रतियाेगीहरुबाट दर्शककाे भाेट र निर्णायककाे मुल्याङ्कनका आधारमा शुक्रबार प्रशारण कार्यक्रममा टप १४ मा पुग्ने प्रतिस्पर्धीको टुंगो लागेको हो ।

सुरेश लामाको उत्कृष्ट प्रस्तुति
काठमाडौं तारेभिरका सुरेश लामाले वाईवाई नेपाल स्टारमा उत्कृष्ट प्रस्तुति दिएका छन् । स्वर सम्राट नारायण गोपालको आवाजमा रहेको कालजयी गीत ‘अल्झेछ क्यारे पछ्यौरी’ गाएका लामाले जज र अथिति जजबाट स्ट्याण्डिङ अवेसन प्राप्त गरेका छन । उनको प्रस्तुति पछि जज आलोक श्री र अतिथि रहेका सन्दीप क्षेत्रीले खुलेर तारिफ गरेका थिए । विभिन्न चरणमा उत्कृष्ट प्रस्तुति दिँदै आएका लामा नेपाल स्टारको टप १४ मा पुग्न सफल भएका छन् ।

को हुन् सुरेश लामा
काठमाडौंको गोकर्णेश्वर ३ तारेभिरमा आमा राममाया र बुवा साइलाबाट २८ बर्ष अघि जन्मिएका लामा सानै उमेरदेखि गीत गाउने भएपनि कुनै रियालिटी शोमा सहभागिता भने जनाएका थिएनन । १० बर्षकै उमेरदेखि गीत गुन्गुनाउन थालेको स्मरण गर्ने उनले विभिन्न बाधा अवरोधका कारण सांगितिक यात्रालाई भने चाहेर पनि अगाडी बढाउन सकेका थिएनन् । आफुमा धेरै सम्भावाना भएपनि बाध्यताले पिल्सिएर बैदेशिक रोजगारको लागि मलेसिया भासिएका उनले आफु पराइ भुमिमा रहेकै बेला आफ्ना आमा बुवालाई गुमाउनु परेको थियो

आजसम्म कुनै संगीतको कक्षा नलिएका लामाले गायक रामकृष्ण ढकालको गीतहरु सुन्न थालेपछि गीत गाउने रहर लग्न थालेको बताएका छन् । संगीतकार न्यू बज्राचार्य र अनि छोयिंग डोल्मालाई आफ्नो इन्स्प्रेसन मान्ने गर्दछन । पहिलो पटक रियालिटी शोमा प्रतिष्पर्धा गरेका लामाले अडिसनबाटै सबैको मन जित्दै आएका छन् । उनले फत्तेमान राज भण्डारीको स्वरमा सजिएको कलाजयी गीत ‘मर्न बरु गार्हो हुन्न’ गाउँदै सबैको मन जितेका थिए । उनले पिठ्युमा स्याउलाको भारी, तिम्रो जस्तो मुटु मेरो पनि, आओ यादहरु हो आओ, सैलुंगे मेला म जाँदा, अल्झेछ क्यारे पछ्यौरी लगायतका गीतहरुमा आफ्नो बेजोड प्रस्तुति दिइसकेका छन् ।

भोट गर्ने तरिका
सुरेश लामालाई भोट गर्न मोवाइलको म्यासेज बक्समा NS18 लेखेर 33001 मा पठाउन सकिनेछ । साथै Nepal Television को एप्लिकेसन डाउनलोड गरेर पनि भोट गर्न सकिनेछ ।

प्रकाशित मिति ८ मंसिर २०७७, सोमबार ०६:५२
प्रतिक्रियाहरू