“यादका लहर” ले अभिनय र संगीतका पर्यायवाची बनायो राजेश हमाल र राज सागरलाई

“यादका लहर” ले अभिनय र संगीतका पर्यायवाची बनायो राजेश हमाल र राज सागरलाई

हरिश जोशी

@Mayur Times

२०७७ मङ्सिर ७ गते अाईतबार ०८:२३

नेपाली चलचित्र क्षेत्रमा निकै चर्चित नामहरु हुन महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धर, यी नामले नै दर्शक कति लोभिन्छ्न भन्ने गतिलो प्रमाण हामिले दिइराख्नुपर्दैन। पछिल्लो समय संगित क्षेत्रमा निकै जमेको सुशील र आदरणीय अर्को...

नेपाली चलचित्र क्षेत्रमा निकै चर्चित नामहरु हुन महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धर, यी नामले नै दर्शक कति लोभिन्छ्न भन्ने गतिलो प्रमाण हामिले दिइराख्नुपर्दैन। पछिल्लो समय संगित क्षेत्रमा निकै जमेको सुशील र आदरणीय अर्को नाम हो राज सागरको।
यिनै चर्चित ब्यक्तिहरुद्वारा अभिनित म्युजिक भिडियो “यादका लहरहरु” सार्बजनिक भएसँगै बजारमा नयाँ तरङ्ग पैदा भएको छ सबैले मन पराएका छन निकै हिट भएको छ यादका लहरहरु म्युजिक भिडियो ।

गायिका अन्जु पन्तको स्वर, डा.प्रकाश पौडेलको शब्द रचना तथा राज सागरको संगीत रहेको उक्त भिडियोको छायांँकन उत्तम हुमागाईंले गरेका छन। यो म्युजिक भिडियोमा लय, सँगित र अभिनयको उत्कृष्ट तालमेल रहेको दर्शकहरुले प्रतिक्रिया दिएका छन । प्रतिक्रियादिदै दर्शकहरुले भनेका छन राजेश हमाल र राज सागर अभिनय र संगीतका पर्यायवाची हुन । भिडियो लिन्क https://www.youtube.com/watch?v=RILn5M7Ybw0&feature=share

प्रकाशित मिति ७ मंसिर २०७७, आईतवार ०८:२३
प्रतिक्रियाहरू