कोरोना संक्रमितलाई खुसिको खबर

कोरोना संक्रमितलाई खुसिको खबर

हरिश जोशी

@Mayur Times

२०७७ मङ्सिर ७ गते अाईतबार ०७:३१

तपाई कोरोना संक्रमण भएर ठिक हुनु भयो भने अब तपाईंले ६ महिनासम्म आत्तिनु पर्दैन तपाईं फेरि कोरोना संक्रमणको जोखिम न्यून छ । यतिबेला कोरोना भाइरसले विश्व आक्रान्त छ, दिनप्रतिदिन यसका खोजहरु पनि बढिरहेका छ्न, त्यस्तै मानिसमा कोरोना...

तपाई कोरोना संक्रमण भएर ठिक हुनु भयो भने अब तपाईंले ६ महिनासम्म आत्तिनु पर्दैन तपाईं फेरि कोरोना संक्रमणको जोखिम न्यून छ । यतिबेला कोरोना भाइरसले विश्व आक्रान्त छ, दिनप्रतिदिन यसका खोजहरु पनि बढिरहेका छ्न, त्यस्तै मानिसमा कोरोना पछिको कोरोना अवस्थाबारे पनि चिन्ता व्यक्त भैरहेका छ । यसैबिच बेलायतको अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययनअनुसार एक पटक कोरोना सङ्क्रमित भएको व्यक्ति कम्तिमा ६ महिनासम्म अर्को पटक सङ्क्रमित हुने गरी खतरा नभएको पाइएको हो । अध्ययनमा संलग्न अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर डेविड आयरले यो एकपटक सङ्क्रमित भइसकेकाहरु र उनीहरुको सम्पर्कमा आउनेहरुका लागि राम्रो खबर भएको प्रतिक्रिया दिनुभएको छ ।
यो अध्ययन स्वास्थ्यकर्मीमा गरिएको थियो । यसमा एकपटक सङ्क्रमित भएका व्यक्ति कोरोना भाइरसबाट सुरक्षित भएको पाइएको थियो । जो सङ्क्रमित भइसकेका छन्, उनीहरुमा दोस्रोपटक सङ्क्रमणको केही नयाँ लक्षण देखिएको थिएन । एक पटक सङ्क्रमित भइसकेका ८९ जनाको जाँच गर्दा दोस्रो पटक रिपोर्ट नेगेटिभ आएको थियो ।
सङ्क्रमित व्यक्तिमा प्रतिरोधात्मक क्षमता बन्ने पनि अध्ययनबाट पत्ता लागेको छ । यो अध्ययनबाट कोरोना भाइरसबारे थप बुझ्ने मौका मिलेको अध्ययनमा संलग्न भएकाहरुले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गएको वर्ष चीनको वुहानमा देखा परेको कोरोना भाइरसका कारण विश्वमा ५ करोड ८४ लाखभन्दा धेरै सङ्क्रमित भइसकेका छन् । ती मध्ये ४ करोडभन्दा धेरै निको भएका छन् ।

प्रकाशित मिति ७ मंसिर २०७७, आईतवार ०७:३१
प्रतिक्रियाहरू
गजल – तिलक भट्टराई “अन्जान”

गजल – तिलक भट्टराई “अन्जान”
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:४६

गजल -भूपि सरोवर

गजल -भूपि सरोवर
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:२९

फुटबलर  म्याराडोनाको निधन

फुटबलर म्याराडोनाको निधन
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:५८

विश्वभरमा  कोरोना संक्रमित  ६ करोड नाघे

विश्वभरमा कोरोना संक्रमित ६ करोड नाघे
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:४४